कारोबार


इला होटल एन्ड रिसोर्टका होटलहरुमा एससीटी–यूपीआई कार्डबाट पैसा तिर्दा छुट पाइने

इला होटल एन्ड रिसोर्टका होटलहरुमा एससीटी–यूपीआई कार्डबाट पैसा तिर्दा छुट पाइने

नेपालखबर
जेठ २५, २०८२ आइतबार १४:४९, काठमाडौँ

भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र इला होटल्स एन्ड रिसोट्र्सबीच एससीटी–यूपीआई कार्डका ग्राहकहरूलाई छुट दिने सम्झौता भएको छ।

उनीहरुले १५ प्रतिशतसम्मको छुट सुविधा पाउने भएका हुन्।  

सम्झौतापछि यही जुन १ देखि डिसेम्बर ३१ सम्म बागलुङको इला कमफर्ट र मौलाकालीस्थित इला होटल्स एन्ड रिसोर्टमा एससीटी–यूपीआई कार्डका ग्राहकले कार्डबाटै भुक्तानी गरेमा फूड एंड बेभेरेज बिलमा तथा रुमको महसुल दरमा १५ प्रतिशत छुट पाउनेछन्।

यसबाहेक रुम महसुलमा छुट पसमा हुने कारोबारमा मात्र उपलब्ध हुनेछ। 

एससीटीले हाल २१ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरूमार्फत यो कार्ड जारी गरेको छ। 

अफरमार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको जनाइएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad