कारोबार


बिगमार्टमा एससीटी–यूपीआई कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत छुट पाइने

बिगमार्टमा एससीटी–यूपीआई कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत छुट पाइने

नेपालखबर
असार २०, २०८२ शुक्रबार ११:४१, काठमाडौँ

भुक्तानी प्रणाली सञ्चालक स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले नेपालमा १२० बढी शाखा रहेको चेन स्टोर बिगमार्टमा एससीटी–यूपीआई कार्ड प्रयोगकर्ताहरूका लागि स्मार्ट जुलाई अफर ल्याएको छ।

जुलाई १, २०२५ देखि सुरु भएकोे यस अफरअन्तर्गत ग्राहकहरूले बिगमार्टमा एससीटी–यूपीआई कार्डबाट भुक्तानी गर्दा एकपटकमा १० प्रतिशत, अधिकतम सय रुपैयाँ हुने गरीे छुट प्राप्त गर्नेछन्। 

यो छुट पाउन एससीटी–यूपीआई कार्ड प्रयोग गरी पस मेसिनमार्फत नै भुक्तानी गर्नुपर्नेछ। यो अफर जुलाई ३१, २०२५ सम्म बिगमार्टको सम्पूर्ण शाखामा लागू हुने एससीटीले जनाएको छ। 

एससीटीले यसअघि बिगमार्टमै एससीटी स्मार्ट वेइन्सडे अफर दिँदै आएको थियो जसमा एससीटी–यूपीआई कार्ड प्रयोगकर्ताहरूलाई हरेक बुधबार एससीटी–यूपीआई कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत छुट पाइन्थ्योे। सो अफर अगस्टको पहिलो बुधबारदेखि पूर्ण सुचारु हुने पनि उल्लेख गरिएको छ। यो छुट एससीटीको सम्पूर्ण सदस्य बैंक तथा वित्तीय संस्थाका एससीटी–यूपीआई कार्ड प्रयोगकर्ताहरूले पाउनेछन्।

एससीटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरूमार्फत एससीटी–यूपीआई कार्ड जारी गर्दै आइरहेको छ । यस अफरमार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य छ। एससीटी–यूपीआई कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको बैंक तथा वित्तीय संस्थामा गएर एससीटी–यूपीआई कार्ड माग गरी कार्ड प्राप्त गर्न सक्नेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad