कारोबार


एनआईसी एसिया बैंक २८औँ वर्षमा

एनआईसी एसिया बैंक २८औँ वर्षमा

नेपालखबर
साउन ५, २०८२ सोमबार १४:४३, काठमाडौँ

एनआईसी एसिया बैंक २८औँ वर्षमा प्रवेश गरेको छ।

यो अवधमिा बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटीएम, ११६ वटा विस्तारित काउन्टर एवं ४२ वटा शाखारहित शाखा सञ्जालबाट सेवा दिँदै आएको बैंकले जनाएको छ। 

बैंकले लाखौं ग्राहक गतिशील बैंकिङ्ग पार्टनरको रुपमा जोडिएको उल्लेख गरेको छ। 

‘देशको अर्थतन्त्रको सबलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्‍याउन उत्तरदायी बैंकिङको अभ्यास गर्दै डिजिटल भुक्तानीलाई अझ सशक्त बनाउँदै वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा समेत शाखा विस्तार गरी निर्वाध रुपमा बैंकिङ्ग सेवा देशको कुनाकुनामा पुर्‍याउन हामी सफल भएका छौँ’, बैंकले उल्लेख गरेको छ। 

सम्पूर्ण सरोकारवालाहरूको पहिलो रोजाइको बैंक बन्ने संकल्पका साथ २८ वर्षअघि आजकै दिन एनआईसी एसिया बैंकले सेवा सुरु गरेको थियो।

‘हाम्रो अतुलनीय यात्रा यहाँसम्म आइपुग्दा देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्दै हामी २८औँ वार्षिकोत्सव मनाउन गइरहेका छौँ’, बैंकले भनेको छ। 

बैंकप्रति अनवरत रुपमा अगाध स्नेह एवं भरोसा दर्शाइ सबैको “बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि” बन्न अतुलनीय योगदान गर्ने ग्राहक, नियामक निकायहरू, सेयरधनी, कर्मचारीलगायत सम्पूर्ण सरोकारवालाहरूप्रति अनुगृहित रहेको उल्लेख गरिएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad