कारोबार


सकियो नेपाल उद्यमशीलता फोरम, इकोसिस्टमको विकासमा जोड

सकियो नेपाल उद्यमशीलता फोरम, इकोसिस्टमको विकासमा जोड

नेपालखबर
साउन १३, २०८२ मंगलबार १२:३०, काठमाडौँ

किङ्स कलेजद्वारा आयोजित नेपाल उद्यमशीलता फोरम सामाजिक उद्यमशीलतासम्बन्धी विभिन्न विषयहरूमा छलफल गर्दै सम्पन्न भएको छ।

दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनले नेपाल र विदेशका ५०० भन्दा बढी उद्यमीहरू, विचार नेताहरू, अनुसन्धानकर्ता, नीतिनिर्माता, शिक्षक तथा विद्यार्थीहरूलाई एकै मञ्चमा ल्याएको थियो।

शैक्षिक दृष्टिकोण र व्यवहारिक अनुभवलाई एकआपसमा जोड्दै उद्यमशीलताको विविध पक्षमा अर्थपूर्ण संवाद एवं छलफलहरू गर्न सम्मेलन सफल भयो।

“दुई दिनको अवधिमा नेपाल उद्यमशीलता फोरम २०२५ दिगो व्यवसाय, प्रविधि नवप्रवर्तन, र समावेशी बृद्धिका नयाँ विचार तथा ज्ञानहरू बाँड्ने सक्रिय मञ्च बन्यो,” सम्मेलन संयोजक सगुन बाबा श्रेष्ठले जानकारी दिइन्, “यो केवल छलफलमा सीमित भएन । बरु सरोकारवाला र अभ्यासकर्ताहरुबीच वास्तविक र बलियो सम्बन्धहरू निर्माण गर्दै सबैलाई नेपालको उद्यमशील भविष्यलाई थप सशक्त र लचिलो बनाउने प्रेरणा दियो।”

विभिन्न प्यानल छलफलहरूमा आर्थिक स्वतन्त्रता, समावेशी शिक्षा, जलवायु (स्मार्ट अभ्यास, मार्गदर्शन (मेन्टोरशिप), नीतिगत सुधार, तथा सार्वजनिक–निजी साझेदारीजस्ता विषयमा गहिरो विमर्श गरिएको थियो ।

नवप्रवर्तन, अर्थतन्त्र, समुदाय, समावेशिता र विकाससँग सम्बन्धित सामाजिक उद्यमशीलताका विभिन्न पक्षमा केन्द्रित छलफलहरूपछि उद्यमशीलताको अवधारणामा नाफा, उद्देश्य, र वातावरणीय जिम्मेवारी कसरी समाहित गर्न सकिन्छ भन्ने विषयमा सम्मेलन केन्द्रित भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad