डिशहोमले नेपालको पहिलो भर्चुअल प्रिभिलेज कार्ड आधिकारिक रूपमा सार्वजनिक गरेको छ।
यसले एक्टिभ डिशहोम ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्ने कम्पनीले जनाएको छ।
अब “माइ डिशहोम एप” मा उपलब्ध यो भर्चुअल प्रिभिलेज कार्डमार्फत ग्राहकहरूले नेपालभरका प्रमुख होटल, रेस्टुरेन्ट, यात्रा तथा लाइफस्टाइल ब्रान्डहरूमा २५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्।
सुरुवाती चरणमा, १० उत्कृष्ट ब्रान्डका ३५ आउटलेटहरू प्रिभिलेज कार्ड नेटवर्कमा समावेश भएका छन्। जसले ग्राहकहरूलाई उत्कृष्ट अफरहरू उपलब्ध गराउनेछन्।
सुरुवाती साझेदारहरूमा बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन, सिद्धार्थ हस्पिटालिटी ग्रुप (होटल, रिसोर्ट, कटीज, रेस्टुरेन्ट र क्याफे)का महेन्द्रनगर, सुर्खेत, चिसापानी, भैरहवा, सौराहा (चितवन), चुम्लिङटार (चितवन), बौद्ध (काठमाडौं), नेपालगञ्ज, बिर्तामोड, नारायणगढ, बुटवल, टिकापुर (कैलाली), सुन्धारा (काठमाडौं), नुवाकोट, दमौली, टिंकुने, ललितपुर, पुरानो बानेश्वर, धोम्बोजी (नेपालगञ्ज), मनमोहन (काठमाडौं), महाराजगञ्ज रहेका छन्।
त्यस्तै काठमाडौंको होटल ले हिमालय, पोखराको लेक साइड रिट्रिट, हरकपुर, मौलाकाली, बाग्लुङका इला कम्फर्ट होटल्स एण्ड रिसोर्ट्स, मेलुङ थकालीका सबै आउटलेट, काठमाडौंकै साकी एण्ड फेङ रेस्टुरेन्ट, बुटवलको लुम्बिनी केबलकार, गैडाकोटको मौलाकाली केबलकार र कमलपोखरी, कुपन्डोलका अचार घर साझेदार रहेका छन्।
“भर्चुअल प्रिभिलेज कार्डमार्फत, डिशहोमले इन्टरनेट र टेलिभिजन सेवाको अतिरिक्त ग्राहकहरूको जीवनशैलीमा अर्थपूर्ण योगदान पुर्याउने प्रतिबद्धतालाई अझ मजबुत बनाएको छ,” डिशहोमका सीईओ तारा मानन्धरले बताए।
डिशहोमले आगामी महिनाहरूमा १०० भन्दा बढी ब्रान्डहरूमा विस्तार गर्ने योजना बनाएको छ, जसअन्तर्गत अझ धेरै अफर र श्रेणीहरू समावेश गरिनेछ।
सक्रिय ग्राहकहरूले आफ्नो भर्चुअल प्रिभिलेज कार्ड माइ डिशहोम एप (प्ले स्टोर वा एप स्टोर बाट डाउनलोड गरी) बाट प्रयोग गरी साझेदार आउटलेटहरूमा देखाएर छुट प्राप्त गर्न सक्नेछन्।
Shares

प्रतिक्रिया