इलेक्ट्रोनिक्स ब्रान्ड सीजी इलेक्ट्रोनिक्सले नाडा अटो शोमा सीजी मेरिडिया काराओक क्यूलेड टिभी प्रदर्शन गरेको छ।
बजारमा हालै उपलब्ध भएको टिभी नेपालकै पहिलो काराओक क्यूलेड टिभी भएको कम्पनीले जनाएको छ।
नाडामा सीजीको स्टलमा स्थापना गरिएको काराओक एक्सपिरियन्स जोनमा ५५ इन्चको यो टिभीले दर्शक तानेकोृ बताइएको छ।
टिभीमा ५५ इन्चको क्यूलेड फोरके यूएचडी डिस्प्ले, इन्टिग्रेटेड सिनेमा साउन्डबार र अडियो ड्रम बस इनिजन, डुअल माइक इन्पुट, भोकल इफेक्ट, काराओक संग लाइब्रेरी, गुगल टीभी ओएस, गेम मोड, १२० एचजेट रिफ्रेस रेट, डुअल ब्यान्ड वाइफाइ, ब्लुटुथ ५.०, ३एक्स एचडीएमआई, २एक्स यूएसबी पोर्टजस्ता विशेषता छन्।
48
Shares

प्रतिक्रिया