कारोबार


दसैँमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकले के पाउँछन्?

दसैँमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकले के पाउँछन्?

नेपालखबर
असोज २, २०८२ बिहिबार १६:२८, काठमाडौँ

इन्टरनेट सेवा प्रदायक भायानेटले यस वर्षको दशैँलाई लक्षित गर्दै नयाँ तथा पुराना दुवै ग्राहकहरुका लागि अफर सार्वजनिक गरेको छ।

प्रत्येक वर्ष दशैंमा विशेष योजना ल्याउने भायानेटले यसपटक अझै ठूलो अफर ल्याएको दाबी गरेको छ।

यो दशैँमा भायानेटको नयाँ इन्टरनेट जडान गर्ने वा पुरानो इन्टरनेटको  नवीकरण गर्ने सबै ग्राहकले छुट र उपहार पाउनेछन्।

यस अफरअन्तर्गत ३ हजारसम्म पर्ने मेस राउटर ५ सय रुपैयाँ छुटसहित २ हजार ५ सय रुपैयाँमा उपलब्ध हुनेछ।

त्यस्तै,  १० हजार ७४९ रुपैयाँ पर्ने डुअल ब्याण्ड फोन जेडटीई नुबिया ए३६ छुटसहित ८ हजार २९९ रुपैयाँमा पाइनेछ। साथै, ४३-इन्चको हिमस्टार स्मार्ट टिभी २७ हजार ९९९ रुपैयाँमा किन्न सकिनेछ।

यससँगै, ८ हजार ४०० रुपैयाँमाथि इसेवा एपमार्फत भुक्तानी गर्ने ग्राहकले प्रोमोकोड भीआईए३०० हाली ३ सय रुपैयाँ क्यासब्याक पाउनेछन्। साथै, ग्राहकहरूले “स्पिन द ह्विल” मा भाग लिएर थप उपहार जित्ने अवसर पनि पाउनेछन्। 

यस स्पिनमार्फत थप १२ महिना, २ महिना वा १ महिनासम्म निःशुल्क इन्टरनेट पाउन सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad