कारोबार


घोराही सिमेन्टद्वारा मालपोत कार्यालयमा सरसफाइ र रङरोगन

घोराही सिमेन्टद्वारा मालपोत कार्यालयमा सरसफाइ र रङरोगन

नेपालखबर
असोज ६, २०८२ सोमबार १८:९, काठमाडौँ

घोराही सिमेन्ट उद्योग लिमिटेडले घोराही मालपोत कार्यालयमा सरसफाइ तथा रङरोगन कार्य सम्पन्न गरेको छ।

उद्योगले आवश्यक सामग्री र श्रमिक आफ्नै पहलमा व्यवस्थापन गरी कार्यालयलाई व्यवस्थित र स्वागतयोग्य स्वरूपमा पुनः प्रस्तुत गरेको हो।

हालै घोराही नगरपालिकामा भएका अशान्तिपूर्ण घटनाका कारण प्रभावित भएको सरकारी कार्यालयलाई आकर्षक र कार्यसुगम बनाउन गरिएको यस प्रयासले कार्यालयको वातावरण सुधार गर्नुका साथै सेवाग्राहीलाई सहज हुने विश्वास कम्पनीले व्यक्त गरेको छ।

घोराही सिमेन्ट उद्योगले यसलाई केवल सरसफाइ वा रङरोगन मात्र नभई समुदायमा आशा, आत्मबल र एकताको भावना जगाउने साझा पहलका रूपमा लिएको छ। यससँगै उद्योगले यस्ता सामाजिक उत्तरदायित्वका गतिविधिलाई निरन्तरता दिँदै उज्ज्वल र मजबुत भोलिको निर्माणमा योगदान गर्ने प्रतिबद्धता जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad