सानिमा बैंकले तिहार र छठपर्वको अवसरमा आफ्ना ग्राहकहरुका लागि विभिन्न मर्चेन्टहरुमा क्यासव्याक तथा छुटको व्यवस्था गरेको छ।
योजना अवधिभर ग्राहकहरुले साझेदार मर्चेन्टहरुबाट मिठाइ खरिद गरी सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम २ सय रुपैयाँसम्मको क्यासब्याक र थप १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।
ग्राहकहरुले पूजा स्विट्स चाट हाउस (न्युरोड, काठमाडौंं), बर्फी स्वीट्स (बालुवाटार, न्युरोड, कुमारीपाटी), हिमालयन स्विट्स एन्ड बेकरी (हेटौंडा) र आँगन स्विट्स (चिप्लेढुङ्गा र सृजना चोक, पोखरा)मा गएर यो योजनाबाट लाभ लिन सक्नेछन्।
यो योजना कात्तिक १ देखि १० गतेसम्म १० दिनका लागि लागू हुनेछं।
बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको जनाएको छ।
छुटको विस्तृत विवरण बैंकको वेबसाइटमा उपलब्ध छ।
सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२७ वटा एटीएमहरू सञ्चालनमा रहेका छन्।
Shares

प्रतिक्रिया