कारोबार


सामसङले ल्यायो ग्यालेक्सी ट्याब ए११, मूल्य कति?

सामसङले ल्यायो ग्यालेक्सी ट्याब ए११, मूल्य कति?

नेपालखबर
मंसिर ५, २०८२ शुक्रबार १७:२५, काठमाडौँ

सामसङ नेपालले ग्यालेक्सी ट्याब ए११ सार्वजनिक गरेको छ।

८.७ इन्चको डिस्प्ले रहेको यो ट्याब फिल्म हेर्न, गेम खेल्न र अनलाइन कक्षाका लागि उपयुक्त रहेको कम्पनीको भनाइ छ। 

यसमा शक्तिशाली हेलियो जी९९ प्रोसेसर छ। स्मुथ मल्टिटास्किङ, द्रुत एप स्विचिङ र ल्यागफ्रि स्ट्रिमिङजस्ता विशेषता भएकाले यो ट्याब विद्यार्थी, व्यावसायिक र परिवारमैत्री छ। 

५१०० एमएएच ब्याट्री रहेको ट्याबले ग्यालेक्सी इकोसिस्टमसँग जोडिएकाले स्मार्टफोनसँग सजिलै जोडिन्छ। फाइल सेयर गर्न र नोटिफिकेसन म्यानेज गर्न सकिन्छ। एलटीई र वाइफाइ भर्सनमा ट्याब छनोट गर्न सकिन्छ। 

कम्पनीले यसमा ७ वर्षको ओएस अपग्रेड र ७ वर्षको सुरक्षा अपडेट दिएको छ। सामसङ नेपालका एमएक्स निर्देशक प्रणयरत्न स्थापितले भरपर्दा फिचरले भरिपूर्ण डिभाइसहरु ग्राहकलाई दिन पाउँदा खुसी लागेको बताए। ट्याब ए११ ले मानिसहरुको दैनिक जीवनमा मिल्ने प्रडक्ट उपलब्ध गराउने कम्पनीको प्रतिबद्धतालाई प्रमाणित गरेको उनको भनाइ थियो। 

ट्याब ए११ एलटीई भेरियन्ट (८जीबी/१२८जीबी) को मूल्य ३० हजार ९९९ रुपैयाँ र वाइफाइ भेरियन्ट (४जीबी/६४ जीबी)को १९ हजार ४ सय ९९ रुपैयाँ रहेको छ। यी उपकरण किस्तामा समेत खरिद गर्न सकिने कम्पनीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad