कारोबार


भायानेटले ल्यायो ‘सुपरहिट इन्टरनेट प्याक’

भायानेटले ल्यायो ‘सुपरहिट इन्टरनेट प्याक’

नेपालखबर
मंसिर ११, २०८२ बिहिबार १७:४२, काठमाडौँ

इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसन लिमिटेडले नयाँ ‘सुपरहिट इन्टरनेट प्याक’सार्वजनिक गरेको छ।

यो योजना उच्च गति, भरपर्दो तथा किफायती इन्टरनेट सेवाका लागि डिजाइन गरिएको हो।

सुपरहिट इन्टरनेट प्याकअन्तर्गत भायानेटले १०० एमबीपीएस, २०० एमबीपीएस र ३०० एमबीपीएस इन्टरनेट योजना उपलब्ध गराएको छ, जसमा सबैभन्दा लोकप्रिय  २०० एमबीपीएस वार्षिक प्याकेज अब ११ हजार २०० (भ्याटसहित) मा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। 

विशेष रूपमा २०० एमबीपीएस वा सोभन्दा माथिको वार्षिक योजना लिने ग्राहकहरूले १ महिना इन्टरनेट निःशुल्क पाउनेछन्।

साथै, यिनै   २०० एमबीपीएस वा सोभन्दा  माथिको प्याकेजहरूमा प्रायोरिटी सर्भको साथमा ‘सेम डे सपोर्ट’ सुविधा पनि समावेश गरिएको छ, जसअनुसार इन्टरनेटसम्बन्धी कुनै समस्या दिउँसो ३ बजेअघि दर्ता गरिने इन्टरनेटसम्बन्धी गुनासाहरूलाई सोही दिनमै प्राथमिकतापूर्वक समाधान गरिने कम्पनीले जनाएको छ।

इन्टरनेटको अनुभव झन् सहज बनाउन इच्छुक ग्राहकका लागि भायानेटले मेश राउटर पनि विशेष मूल्यमा उपलब्ध गराएको छ। सामान्यतया रु. ३,००० पर्ने मेश राउटर अहिले रु. २,५०० मा पाइनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad