नबिल बैंकले डिजिटलाइजेसनको नयाँ आयामका रुपमा ‘अपोइन्टमेन्ट बैंकिङ सेवा’ सञ्चालन गर्दै आएको छ।
डिजिटल सेवालाई प्राथमिकतामा राख्दै अघि बढेको बैंकले अनलाइनबाटै ‘अपोइन्टमेन्ट बुक’ गरेर सेवा प्रदान गर्न बैंकिङ क्षेत्रमा नयाँ सुरुवात गरेको हो।
व्यस्त पेसाकर्मी, व्यवसायी तथा समयको अभाव हुने ग्राहकलाई सहज रुपमा छिटो छरितो सेवा पु¥याउने उद्देश्यले अपोइन्टमेन्ट बैंकिङ सेवा विस्तार गरेको बैंकको भनाइ छ। यसबाट डिजिटल बैंकको प्रयोग गर्नेलाई प्रोत्साहन मिल्ने बैंकको विश्वास छ।
यस पहलबाट बैंकिङ सेवा लिन ग्राहकले लाइन बस्नु नपर्ने र सेवा लिन लाग्ने समय घट्ने नबिल बैंकको विश्वास छ।
अपोइन्टमेन्ट बैंकिङ सेवा नबिल बैंकको वेबसाइट वा एनबैंक एपमार्फत लिन सकिन्छ। वेबसाइट वा एनबैंक एपको ‘बुक एन अपोइन्टमेन्ट’मा क्लिक गरेर अपोइन्टमेन्ट कम्तीमा २ घण्टाअघि नै बुक गर्नुपर्नेछ। नगद तथा चेक कारोबार गर्ने ग्राहकले अपोइन्टमेन्ट सेवा उपयोग गर्न सक्नेछन्।
ग्राहकले आफूलाई पायक पर्ने समयमा अपोइन्टमेन्ट लिएर सेवा उपयोग गर्न सक्छन्।
मोबाइलमा अपोइन्टमेन्ट बुकिङ देखाएर लाइन नबसी ग्राहकले छिटो छरितो रुपमा बैंकिङ सेवा लिन सक्छन्। अपोइन्टमेन्ट लिएर सेवा लिन आउने ग्राहकका लागि डेडिकेटेड काउन्टरको सुविधा उपलब्ध गराइएको छ। यसबाट ग्राहकले तत्कालै बैंकिङ सेवा लिन सक्ने बैंकको विश्वास छ। यसबाट समयको बचत हुनुका साथै ग्राहकले स्तरीय सेवाको अनुभूति प्राप्त गर्ने बैंकले जनाएको छ।
‘नगद झिक्न र डिपोजिट गर्न तथा चेक डिपोजिट तथा क्लियरेन्स गर्न बैंकको शाखामा लामो लाइन बस्नुपर्ने अवस्था छ। व्यस्त पेसाकर्मी र व्यवसायीले आफ्नो काम छोडेर बैंक धाउनुपर्ने बाध्यता छ। अपोइन्टमेन्ट सेवाले ग्राहकलाई लाइन नबसी छिटो र छरितो रुपमा सेवा उपयोग गर्न पाउनेछन्। डिजिटल प्रविधिको उपयोग हुने भएकाले बैंकिङ सेवा पनि छिटो र छरितो हुनेछ’, बैंकको भनाइ छ।
विगतमा यो सेवा बैंकले केन्द्रीय कार्यालयमार्फत उपलब्ध गराउँदै आएको थियो। हाल यसलाई विस्तार गरेर काठमाडौं उपत्यकाको कौशलटार, बौद्ध, नयाँ बानेश्वर, मैतिदेवी, काँडाघारी, बिजुली बजार, तीनधारा, ललितपुर, घण्टाघर, कुमारीपाटी, महाराजगञ्ज, न्यूरोड र त्रिपुरेश्वरस्थित बैंकका शाखा कार्यालयमा अपोइन्टमेन्ट बैंकिङ सेवा उपलब्ध छ।
बैंकले अपोइन्टमेन्ट बैंकिङलाई पाइलट परियोजनाको रुपमा १३ वटा शाखामा सुरु गरेको छ। ग्राहकको सहभागिता र सफलताको आधारमा अन्य शाखामा पनि यस सेवा विस्तार गर्ने बैंक जनाएको छ। निकट भविष्यमा अपोइन्टमेन्ट बैंकिङ सेवाका लागि छुट्टै डेडिकेटेड काउन्टर पनि सञ्चालन गर्ने बैंकको योजना छ। साथै अन्य डिजिटल सर्भिस पनि थप गर्दै अघि बढ्ने बैंकले जानकारी दिएको छ।
नबिल बैंक नेपालको अग्रणी बैंक हो। बैंकले २५ लाखभन्दा बढी सेवाग्राहीलाई देशभरिको २६८ शाखा र ३२१ एटीएममार्फत सेवा प्रदान गर्दै आइरहेको छ।
Shares

प्रतिक्रिया