कारोबार


केन्टद्वारा आईसीसी टी–२० विश्वकप प्रत्यक्ष हेर्ने अवसर

केन्टद्वारा आईसीसी टी–२० विश्वकप प्रत्यक्ष हेर्ने अवसर

नेपालखबर
मंसिर २९, २०८२ सोमबार १२:१९, काठमाडौँ

विश्वकै अग्रणी पानी शुद्धीकरण ब्रान्ड केन्ट मिनरल आरओले आईसीसी टी–२० विश्वकप २०२६ लाई लक्षित गर्दै नेपाली उपभोक्ताका लागि विशेष उपहार योजना सार्वजनिक गरेको छ।

यस योजनामार्फत केन्टका ग्राहकहरूले शुद्ध पानीसँगै अविस्मरणीय क्रिकेट अनुभव जित्ने अवसर पाउने कम्पनीले जनाएको छ।

यस योजनाअन्तर्गत केन्टका छनोट गरिएका वाटर प्युरिफायर खरिद गर्ने भाग्यशाली ग्राहकहरूले ८ फेब्रुअरी, २०२६ मा मुम्बईको वानखेड़े स्टेडियममा आयोजना हुने नेपालविरुद्ध इंग्ल्याण्डको आईसीसी टी–२० विश्वकप खेलको टिकट निःशुल्क प्राप्त गर्न सक्नेछन्। साथै, भाग्यशाली विजेताले ४ रात र ५ दिनको मुम्बई भ्रमण प्याकेज समेत जित्ने अवसर पाउनेछन्।

केन्ट मिनरल आरओ शुद्ध पानीका लागि विश्वसनीय ब्रान्डका रूपमा परिचित छ र नेपालमा पनि विश्वसनीय ब्रान्डको रूपमा स्थापित छ।

अत्याधुनिक प्रविधिद्वारा तयार गरिएका केन्ट वाटर प्युरिफायरले परिवारको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै शुद्ध र सुरक्षित पानी उपलब्ध गराउँदै आएको छ।

यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले केन्ट स्पेस वारेन्टी कार्ड नम्बर स्पेस प्रडक्ट नेम स्पेस कस्टुमर नेम स्पेस एड्रेस टाइप गरी ३१००३ नम्बरमा एसएमएस पठाउनु पर्नेछ। योजना सीमित अवधिका लागि मात्र लागू हुनेछ र सर्त तथा नियमहरू लागू हुनेछन्।

यससम्बन्धी थप जानकारीका लागि आधिकारिक सामाजिक सञ्जाल, डिलर तथा वेबसाइटमार्फत जानकारी लिन सकिनेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad