कारोबार


सिद्धार्थ बैंकका ग्राहकहरुलाई द सोल्टीमा छुट

सिद्धार्थ बैंकका ग्राहकहरुलाई द सोल्टीमा छुट

नेपालखबर
मंसिर २९, २०८२ सोमबार १७:५२, काठमाडौँ

सिद्धार्थ बैंक र द सोल्टी होटेल्स एन्ड रिसोर्टबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।

सम्झौताअनुसार द सोल्टी काठमाडौं, सोल्टी वेस्टइन्ड प्रिमियर नेपालगन्ज, सोल्टी वेस्टइन्ड इटहरी, सोल्टी वेस्टइन्ड रिसोर्ट चितवनमा सेवा लिँदा छुट पाइनेछ। 

यो छुट सोल्टी वेस्टइन्ड रिसोर्ट नगरकोट, सोल्टी वेस्टइन्ड लेकसाईड पोखरा , टाईगर प्यालेस बाइ सोल्टी भैरहवा , मिथिला यात्री निवास जनकपुर, अन्तर्राष्ट्रिय विमानस्थल स्थित होराईजन लाउन्ज र आन्तरिक विमानस्थलस्थित होराइजन क्याफेमा पनि पाइने बैंकले जनाएको छ। 

ग्राहकहरूले बैंकको डेबिट कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा १० प्रतिशत अथवा प्लेटिनम क्रेडिट कार्ड वा नारी डेबिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्। 

यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ। 

यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको चौबीसै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’मा निम्न माध्यमहरुमार्फत सम्पर्क गर्न सक्नेछन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad