कारोबार


गोदरेज अप्लायन्सेसले ल्यायो विशेष उपभोक्ता अभियान

गोदरेज अप्लायन्सेसले ल्यायो विशेष उपभोक्ता अभियान

नेपालखबर
पुस ३, २०८२ बिहिबार १८:५, काठमाडौँ

गोदरेज अप्लायन्सेसले उपभोक्ताका लागि विशेष अभियान ल्याएको छ। 

नेपाली उपभोक्तालाई खरिद निर्णय गर्न प्रेरित गर्दै अविस्मरणीय अनुभवसँग जोड्ने उद्देश्यले मेक अ थटफुल च्वाइस बि द लाउडेस्ट भ्वाइस’ नामक विशेष उपभोक्ता अभियान नेपाली बजारमा सार्वजनिक गरेको हो। 

अभियानमा अन्तर्राष्ट्रिय मञ्चमा टिमले गरिरहेको प्रयासलाई देशव्यापी समर्थन र चियरअपले मनोबल बढाउने भन्दै कम्पनीले आईसीसी टी२० विश्वकप खेल हेर्न मुम्बई यात्रा जित्ने अवसर मिल्ने कम्पनीले उल्लेख गरेको छ। 

अभियानको मुख्य आकर्षण नै यही रहेको छ। यसअनुसार विजेताले खेल प्रत्यक्ष हेर्ने मौका पाउनेछ। खेल प्रत्यक्ष अवलोकन गर्न ५ दिने मुम्बई यात्रा जित्न सकिनेछ। यो अवसर नेपाली क्रिकेट प्रेमीहरूका लागि सपना साकार हुने अनुभव हुने कम्पनीको दाबी छ।  

खरिदसँगै निःशुल्क आकर्षक उपहारहरू समेत रहेका छन्। यसअनुसार अभियान अवधिभर गोदरेज अप्लायन्सेसका उत्पादन खरिद गर्दा ग्राहकहरूले फ्रन्ट लोड वासिङ मेसिनमा ३ केजी एरियल डिटर्जेन्ट निःशुल्क पाइनेछ। त्यसैगरी टप लोड तथा सेमिअटोमेटिक वासिङ मेसिनमा इलेक्ट्रिक केतली निःशुल्क र एयर कन्डिसनर खरिदमा निःशुल्क इन्स्टलेसन पाइनेछ। 

लक्की ड्रमा सहभागी हुन ग्राहकले गोदरेज स्पेस वारेन्टी कार्ड नम्बर स्पेस प्रडक्ट नेम स्पेस कस्टुमर नेम स्पेस एड्रेस टाइप गरी ३१००३ मा एसएमएस पठाउनुपर्नेछ। यो अभियान सीमित अवधिका लागि मात्र लागू हुने कम्पनीको भनाइ छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad