कारोबार


ग्लोबल आईएमई बैंकको अनलाइन प्लेटफर्ममार्फत सेयर धितो कर्जा लिन मिल्ने (भिडिओ)

ग्लोबल आईएमई बैंकको अनलाइन प्लेटफर्ममार्फत सेयर धितो कर्जा लिन मिल्ने (भिडिओ)

नेपालखबर
पुस ९, २०८२ बुधबार १६:४४, काठमाडौँ

ग्लोबल आइएमई बैंक लिमिटेडले फास्ट लोन अगेन्स्ट सेयर प्लेटफर्म सार्वजनिक गरेको छ। यसअन्तर्गत इच्छुक सेयर लगानीकर्ताहरुले अनलाइनबाट सेयर धितो कर्जाको लागि आवेदन दिन सक्नेछन्। 

बैंकले सार्वजनिक गरेको यस डिजिटल प्लेटफर्ममार्फत ग्राहकहरूले आफूसँग भएको सेयरहरू धितो राखी सरल प्रकृयाबाट सेयर धितो कर्जा प्राप्त गर्न सक्नेछन्। 

ग्राहकहरूले अनलाइनबाट यो प्लेटफर्म प्रयोग गरी कर्जाको आवेदन दिन र आवश्यक कागजातहरू बुझाउन सक्नेछन्। ग्राहकहरुले कर्जा स्विकृती अवधिसम्ममा १ पटक मात्र बैंकको शाखा कार्यालय उपस्थित भई आवश्यक कागजपत्रमा हस्ताक्षर गर्नुपर्ने छ। 

यस प्रकृयामा अनलाइन आवेदन पूरा गरेपछि आवेदकले निवेदनको अवस्थाको बारेमा आफैँले जानकारी लिन समेत सक्नेछन्। 

यो सेयर धितो कर्जाको सीमा हालका लागि न्यूनतम रु. ५ लाखदेखि अधिकतम रु. ५० लाखसम्म तोकिएको छ। 

यो कर्जाको निमित्त धितोको रुपमा स्वीकार गरिने सेयरहरू निवेदक स्वयम्को हुनु पर्नेछ, निवेदकबाहेक अन्य व्यक्तिको सेयरहरू धितोको रुपमा स्वीकार गरिने छैन। 

ग्राहकहरुले यस सुविधा बैंकको ३१ वटा शाखा कार्यालयबाट सहज रुपमा पाउनेछन्। तसर्थ, कर्जा लिन इच्छुक ग्राहकहरुले अनलाइन आवेदन दिदा आफुलाई पायक पर्ने शाखा कार्यालय छनौट गर्न सक्नेछन्।  

यो सुविधा बैंकको डिजिटल युनिभर्समा पनि उपलब्ध रहेको बैंकले जनाएको छ।  यो कर्जामा आवेदन दिन इच्छुक सेयर लगानीकर्ताले यो लिंकमा क्लिक गर्न सक्ने बैंकले जनाएको छ।

भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad