कारोबार


माछापुच्छ्रे बैंक र स्मार्ट पे साइप्रसबीच रेमिट्यान्स सम्झौता

माछापुच्छ्रे बैंक र स्मार्ट पे साइप्रसबीच रेमिट्यान्स सम्झौता

नेपालखबर
पुस १४, २०८२ सोमबार १३:१०, काठमाडौँ

माछापुच्छ्रे बैंक लिमिटेडले साइप्रसस्थित स्मार्ट पेसँग औपचारिक रेमिट्यान्स सम्झौता गरेको छ।

साइप्रस, ग्रिस, पोर्चुगल र सबै युरोपेली देशबाट नेपालीहरुलाई नेपालमा रेमिट्यान्स पठाउन सहज होस् भन्ने लक्ष्यका साथ स्मार्ट पेसँग सहकार्य गरी विधिवत् रुपमा रेमिट्यान्स सेवा सुरु गरेको बैंकले जनाएको छ। 

रेमिट्यान्ससम्बन्धी उक्त सम्झौतापत्रमा स्मार्ट पेको तर्फबाट मुख्य सञ्चालन अधिकारी स्टेफनी इसाबेल हेराक्लिओस र माछापुच्छ्रे बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्ध राज अर्यालले हस्ताक्षर गरेका छन्।

उक्त सम्झौतापछि युरोपेली देशमा रहेका नेपालीहरुले साइप्रस, ग्रिस, पोर्चुगल र अन्य युरोपेली देशबाट स्मार्ट पेको सबै प्रतिनिधि कार्यालयहरु, मोबाइल एप, अनलाइन सेवाहरूमार्फत एमबीएल रेमिट गरी नेपाल पठाएको रकम सजिलैसँग माछापुच्छ्रे« बैंकका १६५ वटा शाखाहरु, शाखारहित बैकिङ्ग सेवा र ११ एक्सटेन्सन काउण्टर तथा २० हजार भन्दा बढि रेमिट्यान्स एजेन्टमार्फत नेपालभर सजिलै भुक्तानी लिन सकिनेछ। 

साथै, स्मार्ट पे र एमबीएल रेमिट गरी पठाइएकोे रेमिट्यान्स नेपालका जुनसुकैै बैंकका खातामा तुरुन्त जम्मा हुने व्यवस्था यस बैंकले मिलाएको छ। माछापुच्छ्रे बैंक पूर्वदेखि पश्चिम साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना १६५ वटा शाखाहरु, शाखारहित बैकिङ्ग सेवा ८८ र ११ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २७४ स्थानमा रहेका सेवा सञ्जाल तथा १९९ वटा एटीएमहरुमार्फत सेवा दिँदै आएको छ। बैंकका १८ लाखभन्दा बढी ग्राहक छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad