कारोबार


सीजी ब्रान्डको अफर जितेर विश्वकपमा नेपालको खेल हेर्न स्टेडियम जाँदै छन् यी दुई जना

सीजी ब्रान्डको अफर जितेर विश्वकपमा नेपालको खेल हेर्न स्टेडियम जाँदै छन् यी दुई जना

नेपालखबर
पुस २५, २०८२ शुक्रबार १३:२२, काठमाडौँ

इलेक्ट्रोनिक्स ब्रान्ड सीजी ब्रान्डले आफ्नो 'सीजीको साथमा, वर्ल्डकप टिकट हातमा उपहार योजनाअन्तर्गत पहिलो चरणका  विजेताहरू सार्वजनिक गरेको छ।

आगामी आईसीसी टी–२० पुरुष विश्वकपलाई लक्षित गर्दै ल्याइएको यस योजनामा सहभागी हजारौँ ग्राहकहरूमध्ये डिजिटल गोलाप्रथा द्वारा पहिलो चरणका लागि दुई जना भाग्यशाली विजेता छनोट गरिएको कम्पनीले जनाएको छ।

यस पहिलो चरणको डिजिटल गोलाप्रथामार्फत काभ्रेका केदार भुजेल र झापाका चन्द्र श्रेष्ठ विजेता बन्न सफल भएका छन्। भुजेलले सीजी डिजिटल, बनेपाबाट सीजी ब्रान्डको वासिङ मेसिन खरिद गरी सहभागिता जनाएका थिए। श्रेष्ठले न्यु ए वन सप्लायर्स, बिर्तामोडबाट सीजी ब्रान्डको माइक्रोवेभ ओभन खरिद गरेका थिए।

कम्पनीका अनुसार दुवै विजेताले ५ दिने मुम्बई भ्रमणको पूर्ण प्याकेज प्राप्त गरेका छन्। यस भ्रमण प्याकेजमा काठमाडौँ-मुम्बई दुईतर्फी हवाई टिकट, तारे होटेलमा बसाइ, खानपिन र मुम्बई सिटी टुर समावेश छ।

साथै, विजेताहरूले मुम्बईको वानखेडे स्टेडियममा हुने आईसीसी टी–२० पुरुष विश्वकप अन्तर्गत नेपाली टोलीको १ खेलको टिकट समेत प्राप्त गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad