कारोबार


ब्ल्याक डेकरको वर्ल्डकप योजनाअन्तर्गत पहिलो चरणको विजेता सार्वजनिक

ब्ल्याक डेकरको वर्ल्डकप योजनाअन्तर्गत पहिलो चरणको विजेता सार्वजनिक

नेपालखबर
पुस ३०, २०८२ बुधबार १४:२५, काठमाडौँ

अमेरिकी ब्रान्ड ब्ल्याक डेकरले आफ्ना ग्राहकहरूका लागि सञ्चालित "पावर योर होम" उपहार योजना अन्तर्गत पहिलो चरणको विजेता सार्वजनिक गरेको छ।

आगामी आईसीसी टी–२० पुरुष विश्वकपलाई लक्षित गर्दै ल्याइएको यस योजनामा सहभागी ग्राहकहरूमध्ये डिजिटल गोलाप्रथाद्वारा पहिलो चरणका लागि एक जना भाग्यशाली विजेता छनोट गरिएको कम्पनीले जनाएको छ।

यस पहिलो चरणको डिजिटल गोलाप्रथामार्फत बूढानीलकण्ठ निवासी नवराज प्रसाईं  विजेता बन्न सफल भएको कम्पनीले जनाएको छ। प्रसाईंले नयाँ बानेश्वरस्थित आर वान इलेक्ट्रोनिक्सबाट ब्ल्याक डेकरको एयर फ्रायर खरिद गरी यस योजनामा सहभागिता जनाएका थिए।

कम्पनीका अनुसार विजेताले ५ दिने मुम्बई भ्रमणको पूर्ण प्याकेज प्राप्त गर्नुभएको छ। यस भ्रमण प्याकेजमा काठमाडौँ-मुम्बई दुईतर्फी हवाई टिकट, तारे होटेलमा बसाइ, खानपिन र मुम्बई सिटी टुर समावेश छ। साथै, मुम्बईको वानखेडे स्टेडियममा हुने आईसीसी टी–२० पुरुष विश्वकप अन्तर्गत नेपाली टोलीको १ खेलको टिकट समेत समावेश गरिएको छ।

कम्पनीले यो पहिलो चरण मात्र भएको र योजना अझै जारी रहेको जानकारी गराएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad