कारोबार


एनसेलका डेटा गोपनीयता र सूचना सुरक्षासम्बन्धी आईएसएमएस र पीआईएमएस मान्यता नवीकरण

एनसेलका डेटा गोपनीयता र सूचना सुरक्षासम्बन्धी आईएसएमएस र पीआईएमएस मान्यता नवीकरण

नेपालखबर
माघ १४, २०८२ बुधबार १३:४२, काठमाडौँ

एनसेलले प्रतिष्ठित आईएसओ २७००१:२०२२ (आईएसएमएस) र २७७०१:२०१९ (पीआईएमएस)को आफ्नो मान्यतालाई नवीकरण गराएको छ। यो नवीकरणले ग्राहकहरुको विश्वासका लागि नयाँ मापदण्ड स्थापित गर्दै कम्पनीको सूचना सुरक्षा र डेटा गोपनीयतामा रहेको नेतृत्वदायी स्थानलाई थप सुदृढ बनाएको एनसेलले जनाएको छ। 

गत वर्ष, एनसेल सूचना सुरक्षा व्यवस्थापन प्रणाली (आईएसएमएस) र गोपनीयता सूचना व्यवस्थापन प्रणाली (पीआइएमएस) प्रमाणित हुने नेपालकै पहिलो दूरसञ्चार कम्पनी बनेको थियो। यो मान्यता र यसको नवीकरणले ग्राहकहरूको सूचना सुरक्षा सुनिश्चित गर्ने एनसेलको प्रतिबद्धतालाई पुष्टि गरेको छ। 

नवीकरण प्रक्रियाअनुसार, आइएसओद्वारा तोकिएकोे निकायमार्फत  अडिटर नियुक्त गरी एनसेलमा सर्भेलेन्स अडिट गरिएको थियो। आईएसओ मापदण्डअनुसार मूल्याङ्कन गर्दै अडिटरले एनसेलका सूचना सुरक्षा तथा डेटा गोपनीयता सम्बन्धी सुशासन प्रक्रिया आइएसओद्वारा निर्धारित मापदण्ड अनुरूप रहेको पुष्टि गरेको हो। यी मान्यताहरु आगामी एक वर्षसम्म मान्य रहनेछन्।

नवीकरण भएका यी मान्यताहरुको स्कोपमा ग्राहक डेटा सेन्टर, ग्राहक सेवा र आईटी सर्भिसेज्मा रहेका छन् । यसले एनसेलले गोपनीयता सुनिश्चित गर्ने अभ्यासहरुमा उच्चतम मापदण्डहरू पुरा गरेको प्रष्ट पार्दछ।

यी अन्तर्राष्ट्रिय मान्यताहरूले ग्राहकहरूका लागि सुरक्षा थप मजबुत बनाउँदै उनीहरुलाई आफ्नो व्यक्तिगत र संवेदनशील जानकारीहरु एनसेलमा सुरक्षित रहेको प्रत्याभुति प्रदान गर्दछ। साथै उनीहरूका जानकारीहरु अत्यन्तै सावधानी र उत्तरदायित्वका साथ कम्पनीले व्यवस्थापन गर्दै आएको प्रमाणित गर्दछ।

ग्राहक र साझेदारहरुका डाटा साइबर थ्रेट र अनधिकृत पहुँचबाट जोगाउन एनसेलले सशक्त उपायहरू कार्यान्वयन गरेको आइएसओ २७००१ मान्यताले सुनिश्चित गर्दछ। त्यसैगरी, आइएसओ २७७०१ ले व्यक्तिगत डेटा सुरक्षा गर्न, उल्लंघनको जोखिमलाई कम गर्न र गोपनीयतामा उत्कृष्ट अन्तर्राष्ट्रिय अभ्यासको अनुपालन गरेको सुनिश्चित गरेको छ।

आइएसओ मापदण्डहरू पालना गरेर, एनसेलले ग्राहकहरूलाई उनीहरुको डाटा व्यवस्थापनमा अन्तर्राष्ट्रिय मापदण्ड प्रक्रिया पुरा गर्दै एक सुरक्षित प्रणालीले संरक्षण गरिरेहको सुनिश्चित गर्दछ । यी मान्यताहरुले एनसेलको पारदर्शिता र जवाफदेहीतालाई दर्शाउँछ जसले ग्राहकको विश्वास नै व्यवसाय सञ्चालनको केन्द्रबिन्दु रहेको सुनिश्चित गर्दछ। 

एनसेलका सिस्टमहरू सम्भावित अवरोधहरु न्यूनिकरण गर्ने, जोखिमहरू कम गर्ने, र व्यवसाय निरन्तरतालाई बढाउने गरी डिजाइन गरिएका छन् र कम्पनीले सबै प्रक्रियामा डेटा सुरक्षा र गोपनीयतालाई उच्च प्राथमिकता दिदै आएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad