कारोबार


सीजीले ल्यायो नयाँ वर्षमा विशेष अभियान

सीजीले ल्यायो नयाँ वर्षमा विशेष अभियान

नेपालखबर
चैत १९, २०८२ बिहिबार १६:३०, काठमाडौँ

इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले नयाँ वर्ष २०८३ को सुखद अवसर पारेर ‘एक्सपिरियन्स लाइफ विथ सीजी’ नामक विशेष अभियान सार्वजनिक गरेको छ।

आधुनिक प्रविधि र जीवनशैलीलाई केन्द्रमा राख्दै ल्याइएको यस योजनाले उपभोक्तालाई स्मार्ट, सहज र उन्नत जीवनको अनुभव प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ।

यस विशेष योजनाअन्तर्गत ग्राहकहरूले सिजी ब्रान्डका टेलिभिजन, रेफ्रिजरेटर, वासिङ मेसिन, माइक्रोवेभ ओभन तथा एयर कन्डिसनर जस्ता विभिन्न घरायसी उपकरणहरूको खरिदमा आकर्षक लाभ प्राप्त गर्न सक्नेछन्।

कम्पनीका अनुसार यस योजनामा ग्राहकहरूलाई अधिकतम ५६ हजार रुपैयाँसम्मको आकर्षक क्यासब्याक सुविधा उपलब्ध गराइएको छ, जसले उच्च मूल्यका उत्पादनहरूलाई अझ पहुँचयोग्य बनाएको छ। यसका साथै, वासिङ मेसिनको खरिदमा मोडलअनुसार एरियल डिटर्जेन्ट, माइक्रोवेभ ओभनको खरिदमा कुकिङ किट र एयर कन्डिसनरको खरिदमा निःशुल्क जडानको आकर्षक सुविधा समेत प्रदान गरिएको छ।

ग्राहकलाई थप सहज खरिद अनुभव प्रदान गर्ने उद्देश्यले यस योजनामा ‘सिजी इलेक्स ईएमआई’ सुविधा पनि समावेश गरिएको छ। यस सुविधा अन्तर्गत ग्राहकले आफ्नो नागरिकता मात्र पेस गरेर सजिलै किस्ताबन्दीमा सामान खरिद गर्न सक्नेछन्। यसले उपभोक्तालाई आवश्यक प्रविधिमा सहज पहुँच प्रदान गर्दै आधुनिक जीवनशैलीलाई अझ सरल, प्रभावकारी र आर्थिक रूपमा सहज बनाउने विश्वास कम्पनीले लिएको छ।

नेपाली बजारमा निरन्तर विश्वसनीय तथा गुणस्तरीय उत्पादनहरू उपलब्ध गराउँदै आएको सिजी ब्रान्डको यस नयाँ वर्ष अभियानले ग्राहकको दैनिक जीवनमा थप सुविधा, मूल्य र सन्तुष्टि प्रदान गर्ने अपेक्षा गरिएको छ। ४० वर्षभन्दा बढी समयदेखि नेपाली उपभोक्ता इलेक्ट्रोनिक्स बजारमा अग्रणी भूमिका निर्वाह गर्दै आएको सिजी इलेक्ट्रोनिक्सले गुणस्तरीय उत्पादन, नवप्रवर्तन र उत्कृष्ट सेवामार्फत लाखौं नेपाली परिवारको विश्वास जितेको छ। देशभर २१ वटा आधुनिक शोरुमहरू र ४० वटा सेवा केन्द्रहरूमार्फत कम्पनीले बिक्रीपछिको उत्कृष्ट सेवा सुनिश्चित गर्दै आएको छ।

साथै, ग्राहकहरूका सुविधाका लागि कम्पनीले आफ्नो आधिकारिक वेबसाइटमार्फत अनलाइन बिक्री सेवा पनि प्रदान गर्दै आएको छ। कम्पनीले जनाए अनुसार  यो योजना चैत १९ गतेदेखि सीमित अवधिका लागि नेपालभरका प्रमुख आउटलेटहरूमा लागू भइसकेको छ। यस योजना र उत्पादनहरूबारे थप जानकारीका लागि सीजी केयरको टोल फ्री नम्बरहरू १६६-००-१०२-२११ वा १६६-००-१००-२११ मा सम्पर्क गर्न सकिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad