कारोबार


सामसङ नेपालले ल्यायो ‘सपनादेखि सम्भावनासम्म’ अभियान

वैदेशिक रोजगारीमा रहेका नेपालीका सपनालाई सम्मान गर्ने प्रतिबद्धता
सामसङ नेपालले ल्यायो ‘सपनादेखि सम्भावनासम्म’ अभियान

नेपालखबर
बैशाख ७, २०८३ सोमबार ११:५०, काठमाडौँ

सामसङ नेपालले सपनादेखि सम्भावनासम्म नामक नयाँ अभियान सार्वजनिक गरेको छ।

यस अभियानले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको योगदानलाई उजागर गर्दै उनीहरूले परिवार र देशका लागि खेलेको महत्वपूर्ण भूमिकालाई सम्मान गर्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यसले सामसंगको इनोभेसनमार्फत जीवन जोड्ने उद्देश्यलाई पनि सशक्त बनाउँछ। यस अभियानअन्तर्गत सामसंगले “सामसङ रेमिटमा बेनिफिट नामक पहल सार्वजनिक गरेको छ, जसले रेमिटेन्समा निर्भर परिवारलाई थप सहजता र लाभ प्रदान गर्ने लक्ष्य राखेको छ। यो अफर अप्रिल २४ देखि उपलब्ध हुनेछ।

रेमिटेन्सलाई नेपालको अर्थतन्त्रको प्रमुख आधार मान्दै अभियानले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई राष्ट्र निर्माणका मुख्य आधारका रूपमा सम्मान गर्दछ। साथै, सामसंगका एआई-सक्षम डिभाइसहरूले उनीहरूको परिवारको दैनिक जीवनलाई अझ स्मार्ट, कनेक्टेड र अर्थपूर्ण बनाउँछन्। सामसंगले सजिलो र सहज प्रयोग अनुभवमार्फत जीवनलाई सरल बनाउँछ।

यस पहलअन्तर्गत सामसंगले आईएमई रेमिट, एनसेल, खल्ती बाई आईएमई र हुलास फिन सर्भ लिमिटेडसँग मिलेर सामसङका उत्पादन खरिदमा विशेष लाभहरू उपलब्ध गराएको छ। यसमा एनसेल रिचार्जमा बोनस डाटा, २४ महिनासम्मको सजिलो ईएमआई र खल्तीमार्फत क्यासब्याक जस्ता सुविधा समावेश छन्, जसले रेमिटेन्समा आधारित परिवारलाई थप मूल्य र सहजता दिनेछ। यो अफर विदेशबाट नेपालमा रकम पठाउने व्यक्तिहरूका लागि मात्र उपलब्ध हुनेछ।

यस अभियानले दीर्घकालीन विश्वसनीयता, वारेन्टी, र सहज इकोसिस्टम अनुभवका लागि आधिकारिक उत्पादन छनोट गर्ने महत्त्वलाई पनि जोड दिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad