कारोबार


क्लासिक टेकको इन्टरनेट टिभी अफर– ‘१ वर्ष जोड्नुस्, ४ वर्ष हेर्नुस्’

क्लासिक टेकको इन्टरनेट टिभी अफर– ‘१ वर्ष जोड्नुस्, ४ वर्ष हेर्नुस्’

नेपालखबर
बैशाख १६, २०८३ बुधबार १८:३९, काठमाडौँ

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिकटेकले ‘एक वर्ष जोड्नुस् र ४ वर्ष हेर्नुस्’ अफर सार्वजनिक गरेको छ। 

यस अफरमा अब ग्राहकहरूले ३०० एम बि पी एस उच्च गतिको इन्टरनेट र आइपी टि. भी जडानमा ४ वर्षसम्म आइपी टि. भी सेवा साथै वाइफाई सिक्स राउटर पनि निःशुल्क पाउनेछन्।

दैनिक प्रतिदिनको मात्र ४० रुपैयाँको दरले यो अफर वार्षिक जडान गर्न सकिनेछ। एचडी तथा एसडी प्रिमियम टिभी च्यानलमा इतिहासदेखि मनोरञ्जन  बालबालिका, खेलकुदसम्मका सयौँ टिभी च्यानलहरू समावेश गरिएको छ। 

यसको मूल्य ५ सय रुपैयाँ प्रतिमहिना पर्न आउने  तर अफरमा लिँदा भने प्रतिमहिना मात्र २०३ रुपैयाँ रहेको छ। यसले गर्दा  कुल ३ वर्ष टिभी बोनसमा  ग्राहकलाई ७ हजार ३२२ रुपैयाँबराबरको फाइदा हुने कम्पनीले बताएको छ।   

कम्पनीका अनुसार ग्राहकको तीव्र आवश्यकतालाई मध्यनजर गर्दै १ वर्ष इन्टरनेट तथा आईपी टिभी जडानमा ३ वर्षे नि:शुल्क आईपी टिभी सेवा अफर सार्वजनिक गरेको कम्पनीको भनाइ छ।

थप जानकारीका लागि क्लासिकटेकको नजिकको शाखा कार्यालय, ९७०९१८४१४७ मा फोन गर्न वा www.classictech.com.np मा सम्पर्क गर्न कम्पनीको आग्रह छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad