कारोबार


फोनपोइन्ट्स ‘२.२’ उत्सव सुरु, तीन चरणमा सम्पन्न हुने

फोनपोइन्ट्स ‘२.२’ उत्सव सुरु, तीन चरणमा सम्पन्न हुने

नेपालखबर
बैशाख ३१, २०८३ बिहिबार १४:४३, काठमाडौँ

डिजिटल रिवार्ड्स प्लेटफर्म फोनपोइन्ट्सले '२.२ 'उत्सव ’ आधिकारिक रूपमा घोषणा  गरेको छ। 

जेठ २ गतेदेखि सञ्चालनमा आउने यो उत्सव  यस वर्षकै  सबैभन्दा ठूलो र बृहत्  ‘रिवार्ड फेस्टिभल’ हुने कम्पनीको दाबी छ।

यस  '२.२ उत्सव ’ अन्तर्गत खाना, लाइफस्टाइल, ट्राभल तथा मनोरञ्जनलगायत विभिन्न क्षेत्रका आकर्षकअफरहरू एकै प्लेटफर्ममा उपलब्ध गराइएको छ। '२.२ उत्सव ' को सबैभन्दा विशेष पक्ष यसको सहजता र  पहुँचयोग्यता हो, जहाँ प्रयोगकर्ताहरूलेकेवल २ पोइन्ट प्रयोग गरेर  नै विभिन्न अफरहरू रिडिम गर्न सक्नेछन्। 

कम्पनीका अनुसार, यो उत्सव  दैनिक खर्चलाई अझ  फाइदाजनक र रिवार्डिङ बनाउने उद्देश्यले सञ्चालन गरिएको हो। एक कप कफीदेखि लिएर विभिन्न लाइफस्टाइल उत्पादन तथा सेवासम्म,हरेक प्रकारका प्रयोगकर्ताको आवश्यकता र रुचिअनुसारका आकर्षक अफरहरू यस २.२ उत्सव मा समावेश गरिएको छ। 

साधारण अफरहरूका अतिरिक्त, यस २.२ उत्सवमा  प्रयोगकर्ताहरूले पोइन्ट्स गेममार्फत  बेटर आर्कटिक ५० लि रेफ्रिजेरेटर, टिटान पुरुष घडी र बेटर स्टार इन्डक्सन जस्ता आकर्षक उपहारहरू जित्ने अवसर पनि प्राप्त गर्नेछन्।  

विशेष रूपमा , हुन्डाई वाशिङ मेसिन जस्ता उच्च मूल्यका सामानहरू समेत  जम्मा २ पोइन्टबाट बाट उपलब्ध हुने भएकाले ‘२.२’ उत्सवले प्रयोगकर्तामाझ थप उत्साह सिर्जना गरेको कम्पनीले जनाएको छ।

यस '२.२' उत्सवलाई  तीन चरणमा सञ्चालन गरिनेछ।  — जेठ १ सम्म प्रि२.२ डिल्स, जेठ २ मा मुख्य २.२ वार्षिक डिल तथा  जेठ ३ देखि जेठ १४ सम्म पोस्ट २.२ डिल्स सञ्चालन हुनेछन्। यसरी प्रयोगकर्ताहरूलाई अफर एक्सप्लोर गर्न,आफ्नो मनपर्ने डिल छनोट गर्न तथा  सहज रूपमा  रिडिम गर्न पर्याप्त समय प्रदान गर्नेछ।

यस उत्सवमा श्री एयरलाइन्स, केएफसी, फिलिली क्याफे, इरानी चिया, इनि सिनेमाज, जेमिज बबल टि, भ्याली एक्सप्रेस र अल्टिमा लाइफस्टाइललगायतका  थुप्रै लोकप्रिय ब्रान्डहरूका विशेष अफरहरू  समावेश गरिएका छन्। साथै फुडमाण्डु, क्रिमबेल, सेकुवाबाई किलो, डाउनटाउन पिज्जा, पिज्जा नेसन र त्रिसराजस्ता चर्चित  पार्टनरहरू पनि यस उत्सवमा सहभागी छन्।

प्रयोगकर्ताहरूले सबै अफरहरू फोनपोइन्ट्स एपमार्फत सहज रूपमा प्राप्त गर्न सक्नेछन् , साथै इसेवा र फोनपे एपबाट समेत डिलहरू हेर्न, रिडिम गर्न तथा उत्सवमा सहभागी हुन सकिने व्यवस्था गरिएको छ, जसले प्रयोगकर्ताहरूलाई अझ सहज डिजिटल अनुभव प्रदान गर्नेछ। 

यो विशेष उत्सव  सीमित अवधिका लागि मात्र उपलब्ध रहने भएकाले  प्रयोगकर्ताहरूलाई समयमै आफ्ना मनपर्ने  अफरहरू हेरी रिडिम गर्न प्रोत्साहित गरिएको कम्पनीले उल्लेख गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad