कारोबार


माइडियाको नयाँ डबल डोर रेफ्रिजेरेटर

माइडियाको नयाँ डबल डोर रेफ्रिजेरेटर

नेपालखबर
जेठ ६, २०८३ बुधबार १७:३५, काठमाडौँ

माइडियाले नेपाली बजारमा आफ्नो नयाँ माइडिया डबल डोर रेफ्रिजेरेटर सार्वजनिक गरेको छ। 

आधुनिक डिजाइन, प्रयोगमैत्री संरचना तथा स्मार्ट सुविधासहित ल्याइएको यो रेफ्रिजेरेटरले नेपाली परिवारको दैनिक जीवनलाई थप सहज बनाउने कम्पनीले जनाएको छ। 

२१० लि स्टोरेज कप्यासिटी भएको यस उत्पादनले साना तथा मध्यम आकारका परिवारका लागि पर्याप्त भण्डारण सुविधा उपलब्ध गराउनेछ। 

आजका उपभोक्ताले समय बचतसँगै सहज र टिकाउ समाधान खोजिरहेका छन्। त्यसैलाई ध्यानमा राख्दै यो रेफ्रिजेरेटरमा डाइरेक्ट कुल नन इनभर्टर टेक्नोलोजी समावेश गरिएको छ, जसले प्रभावकारी चिसोपन कायम राख्न सहयोग पुर्याउँछ।

साथै इजी मेकानिकल टेम्परेचर कन्ट्रोलले प्रयोगकर्तालाई आवश्यकता अनुसार तापक्रम नियन्त्रण गर्न सहज बनाउँछ। 

यस उत्पादनमा रहेको स्पेसियस बिग कुलिङ जोनले फलफूल, तरकारी तथा अन्य खाद्य सामग्रीलाई लामो समयसम्म ताजा राख्न मद्दत पुर्याउँछ। दैनिक प्रयोगलाई अझ सहज बनाउन वान टच डिफ्रस्ट सिस्टम जडान गरिएको छ भने लो फ्रस्ट टेक्नोलोजीले अत्यधिक बरफ जम्ने समस्या कम गर्न सहयोग गर्ने भएकाले सफाइ तथा मर्मतमा सहजता ल्याउँछ। 

त्यसैगरी, प्रयोगकर्ताको सुविधा र टिकाउपनलाई ध्यानमा राख्दै ड्युरेबल टेम्पर्ड ग्लास शेल्भ्स प्रयोग गरिएको छ, जसले बढी तौल भएका सामग्री पनि सुरक्षित रूपमा राख्न सक्ने क्षमता प्रदान गर्छ। कन्भिनियन्ट एग एन्ड आइस ट्रेले दैनिक प्रयोगलाई व्यवस्थित बनाउँछ भने लो न्वाइज पर्फमेन्सले घरको शान्त वातावरणलाई असर नगरी उत्कृष्ट कार्यक्षमता प्रदान गर्ने कम्पनीले जनाएको छ। 

उपभोक्तालाई थप विश्वसनीय अनुभव प्रदान गर्ने उद्देश्यका साथ कम्पनीले उत्पादनमा २ वर्षको वारेन्टी तथा कम्प्रेसरमा १० वर्षको वारेन्टी समेत उपलब्ध गराएको जनाएको छ। १० इयर कम्प्रेसर वारेन्टीले उत्पादनको टिकाउपनप्रति कम्पनीको विश्वासलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ। 

सीजी इलेक्ट्रोनिक्समार्फत नेपाली बजारमा उपलब्ध माइडियाका वासिङ मेसिन, रेफ्रिजेरेटर, माइक्रोवेभ, एयर फ्रायर, भान्सासम्बन्धी उपकरण, पंखा, हिटर लगायत विभिन्न घरेलु विद्युतीय सामग्री उपभोक्तामाझ लोकप्रिय बन्दै गइरहेका छन्।

आधुनिक प्रविधि, ऊर्जा बचत, शक्तिशाली कार्यक्षमता र टिकाउ गुणस्तरका कारण माइडिया उत्पादन नेपाली बजारमा भरपर्दो तथा विश्वासिलो ब्रान्डका रूपमा चिनिँदै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad