ad ad

कारोबार


वैदेशिक रोजगारीमा जानेको अन्तर्वार्ता सार्न विभागको निर्देशन

वैदेशिक रोजगारीमा जानेको अन्तर्वार्ता सार्न विभागको निर्देशन

नेपालखबर
बैशाख २९, २०७९ बिहिबार १२:२२, काठमाडौँ

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जानेहरुको अन्तर्वार्ता सार्न निर्देशन दिएको छ। 

म्यानपावर कम्पनीले वैशाख ३० र ३१ गते समेत अन्तर्वार्ताको लागि बोलाएकोले त्यो मिति सार्न निर्देशन दिइएको हो।  

३० गते देशभर स्थानीय तहको निर्वाचन रहेको र सवारीसाधन रोक लगाएकोले अन्तर्वार्ताको लागि नयाँ सूचना प्रकाशित गर्न म्यानपावर कम्पनीलाई भनेको छ। 

विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘३० र ३१ गते दुई दिन अन्तर्वार्ता तोकिएको हकमा उक्त अन्तर्वार्ता रद्द गर्ने र पुनः विज्ञापनको लागि विभागमा पेश गर्नुपर्नेछ। त्यसका साथै १ गते देखि र सोभन्दा पछिसम्म अन्तर्वार्ता मात्रै गर्नुपर्नेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .