कारोबार


नेपालमा लगानी गर्नका लागि उत्साहित हुने वातावरण भएन : अध्यक्ष नेपाल

नेपालमा लगानी गर्नका लागि उत्साहित हुने वातावरण भएन : अध्यक्ष नेपाल

नेपालखबर
बैशाख १७, २०८१ सोमबार १५:५०, काठमाडौँ

सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालमा लगानी गर्नका लागि उत्साहित हुने वातावरण नभएको बताएका छन्।

तेस्रो लगानी सम्मेलनमा जारी रहँदा अध्यक्ष नेपालको सो टिप्पणी आएको हो। उनले सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सरकारले स्वदेशी तथा विदेशी लगानी प्रवर्द्धनका लागि सहज वातावरण बनाउनुपर्ने आवश्यक्ता औंल्याए।

नेपालमा अनाआवश्यक पैसाको खर्च र गुण्डागर्दीबाट बचाउने हो भने जति पनि लगानी गर्न आफूहरु इच्छुक रहेको विदेशी लगानीकर्ताहरुले आफूलाई समेत भन्ने गरेको अध्यक्ष नेपालको भनाई थियो। उनले देश र जनताको हित हुने गरी काम गर्न पनि सरकारलाई सुझाव दिए।

अध्यक्ष नेपालले राज्यले दिनुपर्ने सुविधाहरु सहज रुपमा उपलब्ध गराए नेपालमा जति पनि पैसा ल्याउन सक्छौँ भन्नेकुरा लगानीकर्ताहरुबाट आउने गरेकोतर्फ सरकारको ध्यानाकर्षण गराए।

उनले भने, ‘त्यसो हुनाले हाम्रो नेपाली समाजमा जुन भ्रष्टाचार भइराखेको छ। राज्य प्रणालीहरु अत्यन्तै भ्रष्ट भएका छन्। यसमा कसरी व्यापक सुधार गर्ने हो? हाम्रो चासो र चिन्ताको विषय त्यही छ। हाम्रो देशमा किन उत्पादन बढिरहेको छैन, लगानी किन प्रवर्द्धन भईरहेको छैन?’

उनले थपे, ‘अहिले वैदेशिक लगानी लगानी सम्मेलन चलिरहेको छ। स्वदेशी, विदेशी दुवै लगानी। वैदेशिक लगानी मात्रै होइन, स्वदेशी पनि। विभिन्न देशकाहरु पनि आएका छन्। नेपालमा लगानी गर्न चाहन्छन्। अनि लगानी गर्न आउनेहरु उत्साहित हुँदैनन्। कारण के हो?’

अध्यक्ष नेपालले नेपालमा लगानी प्रवर्द्धन हुन नसक्नुको कारणको खोजी गर्न पनि सरकारलाई सुझाव दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .