सेयरबजार ०.०७ अंकले हरियो भएको छ। सोमबार उक्त अंकले नेप्से बढेर १९८०.३४ विन्दुमा रोकिएको छ।
योसँगै बजारमा झण्डै ३ अर्ब अर्थात् २ अर्ब ९५ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ। दिनभरिमा ७३ लाख ४१ हजार कित्ता सेयर बिक्री भएको हो।
नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार ९९ कम्पनीको सेयर बढेको छ भने १२८ वटाको घटेको र १७ वटाको उही मूल्यमा कारोबार भएको छ।
आज तीनवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। पोखरा फाइनान्स र जानकी फाइनान्सको १० प्रतिशतले बढ्दा नेपाल फाइनान्सको पनि ९.९८ प्रतिशतले सेयर मूल्य बढेको छ।
लगानीकर्ताहरुले आज ६ प्रतिशतसम्म प्रतिसेयर नोक्सानी व्यहोरेका छन्।
सर्वाधिक कारोबारमा पोखरा फाइनान्स अगाडि छ। कम्पनीको १७ करोड ५४ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
36
Shares
प्रतिक्रिया