नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ।
नेपाल राष्ट्र बैंकले आज आइतबारको लागि तोकेको विदेशी विनिमय दरभाउ अनुसार अमेरिकी डलर निरन्तर उकालो लागिरहेको छ।
यसअनुसार अमेरिकी डलर १ को खरिद दर १२९ रुपैयाँ २९ पैसा र बिक्री दर १२९ रुपैयाँ ८९ पैसा रहेको छ।
त्यस्तै युरो १ को खरिद दर १२६ रुपैयाँ २० पैसा तथा बिक्री दर १२६ रुपैयाँ ७९ पैसा तोकिएको छ।
यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १४३ रुपैयाँ ६५ पैसा र बिक्री दर १४४ रुपैयाँ ३१ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
विदेशी मुद्राको भाउ कुनको कति?
48
Shares
प्रतिक्रिया