कारोबार


बागलुङमा जिप दुर्घटना हुँदा ७ जना घाइते

बागलुङमा जिप दुर्घटना हुँदा ७ जना घाइते

नेपालखबर
भदौ १३, २०८२ शुक्रबार ६:२०, बागलुङ

बागलुङमा जिप हुर्घटना हुँदा सात जना घाइते भएका छन्।

सदरमुकाम बागलुङ बजारबाट बरेङतर्फ जाँदै गरेको ग.१ ज ७४८० नम्बरको जिप बिहीबार साँझ ७ बजे जैमिनी नगरपालिका १० राङखानीको नाम्दुकमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ। 

दुर्घटनामा जिप चालक बरेङ गाउँपालिक १ का २० वर्षीय रवि थापा, सोही ठाउँका २१ वर्षीया सुस्मिता परियार, १९ वर्षीया विक्की परियार, ४० वर्षीया सेती परियार, ४० वर्षीया सुनिता परियार, १८ वर्षीय मोहन परियार र चितवनको भरतपुर महानगरपालिका २६ का ५४ वर्षीया ज्योति मगर घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक बसन्तजंग पाण्डेका अनुसार घाइते सबैको अवस्था सामान्य छ।

घुमाउरो सडकमा स्टेरिङ फेल हुँदा जिप पल्टिएको चालकले बताएका छन्। जिप सडकबाट करिब १५ मिटर तल खसेको हो। 

घाइते सबैको धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा उपचार भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad