कारोबार


किसानले बिक्री गर्ने दूधमा नगरपालिकाले दिन थाल्यो प्रतिलिटर १० रुपैयाँ अनुदान

किसानले बिक्री गर्ने दूधमा नगरपालिकाले दिन थाल्यो प्रतिलिटर १० रुपैयाँ अनुदान

फाइल तस्बिर


नेपालखबर
मंसिर २५, २०८२ बिहिबार ११:२७, तनहुँ

तनहुँको भिमाद नगरपालिकाले दूध उत्पादक किसानलाई प्रोत्साहनस्वरुप रु १० रुपैयाँ अनुदान दिने निर्णय गरेको छ। 

दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधि, २०८२ अनुसार किसानलाई प्रतिलिटर १० रुपैयाँ अनुदान दिने निर्णय भएको नगरप्रमुख दधिराज सुवेदीले जानकारी दिए। 

नगरपालिका र भिमाद कृषि उद्यम सहकारी संस्थाबीच त्यससम्बन्धी सम्झौता भएको छ। सम्झौताअनुसार दूध उत्पादन गर्ने किसानलाई भिमाद कृषि उद्यम सहकारीले उक्त रकम प्रदान गर्नेछ। 

नगरपालिकाले दूधको मूल्य पनि निर्धारण गरेको छ। भदौ १ गतेदेखि माघ मसान्तभित्र खरिद मूल्य प्रतिलिटर रु ११०, थोक बिक्री मूल्य प्रतिलिटर रु १२० र खुद्रा बिक्री मूल्य प्रतिलिटर रु १३० तोकिएको छ। 

यसैगरी, फागुन १ गतेदेखि साउन मसान्तसम्म खरिद मूल्य रु ११५, थोक बिक्री मूल्य रु १३० र खुद्रा बिक्री मूल्य रु १४० निर्धारण भएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad