ad ad

कारोबार


सुनको मूल्य स्थिर हुँदा चाँदीको ह्वात्तै घट्यो

सुनको मूल्य स्थिर हुँदा चाँदीको ह्वात्तै घट्यो

नेपालखबर
बैशाख ५, २०८१ बुधबार ११:२५, काठमाडौँ

बुधबार सुनको मूल्यमा कुनै परिवर्तन भएको छैन। तर चाँदीको भने ह्वात्तै घटेको सुनचाँदी व्यवसायीहरुले बताएका छन्। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन र तेजाबी सुन अघिल्लो दिनकै मूल्यमा कारोबार भइरहेको छ।

यसअनुसार छापावाल सुन १ लाख ३९ हजार २ सय र तेजाबी सुन १ लाख ३८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको छ।  

यता चाँदीको भने तोलामा ३५ रुपैयाँले मूल्य घटेको छ। महासंघका अनुसार चाँदी आज प्रतितोला १ हजार ७ सय १५ रुपैयाँमा कारोबार भएको छ। 

अन्तर्राष्ट्रिय बजारमा सुन २ हजार ३ सय ७८ अमेरिकी डलर प्रतिऔँस र चाँदी २८ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भइरहेको एजेन्सीहरुले जनाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .