कारोबार


सुनको मूल्य २७ सयले घट्यो, चाँदी पनि ४५ रुपैयाँ सस्तो

सुनको मूल्य २७ सयले घट्यो, चाँदी पनि ४५ रुपैयाँ सस्तो

नेपालखबर
बैशाख ११, २०८१ मंगलबार १२:५, काठमाडौँ

सुन र चाँदी दुवैको मूल्य ह्वात्तै घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला २ हजार ७ सय र चाँदी प्रतितोला ४५ रुपैयाँले घटेको हो। 

योसँगै छापावाल सुन १ लाख ३५ हजार ५ सय र तेजाबी सुन १ लाख ३४ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको छ। त्यस्तै चाँदी आज १ हजार ६ सय ६० रुपैयाँमा कारोबार भएको छ। 

सोमबार छापावाल सुन १ लाख ३८ हजार २ सय र तेजाबी सुन १ लाख ३७ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै चाँदी १ हजार ७ सय ५ रुपैयाँमा कारोबार भएको थियो। 

उता अन्तर्राष्ट्रिय बजारमा चाँदी प्रतिऔँस २६.९१ डलर र सुन २ हजार ३ सय ६ अमेरिकी डलरमा कारोबार भएको एजेन्सीहरुmले जनाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .