सुनको मूल्यले फेरि अर्को कीर्तिमान बनाएको छ।
बुधबार तोलाकै १ लाख ५३ हजार रुपैयाँ पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार ८ सय रुपैयाँले बढेको छ।
यता चाँदी पनि १५ रुपैयाँ महंगो भएको छ। योसँगै आज चाँदी प्रतितोला १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुन २ हजार ५१३ डलर र चाँदी २९.५१ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्।
174
Shares

प्रतिक्रिया