कारोबार


सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, आज कति बढ्यो?

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, आज कति बढ्यो?

नेपालखबर
कात्तिक १५, २०८१ बिहिबार ११:५५, काठमाडौँ

सुनको मूल्यले हालसम्मकै उच्च मूल्यको कीर्तिमान बनाएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलामा ३ सय रुपैयाँले बढेको हो। 

योसँगै सुन आज १ लाख ७१ हजार रुपैयाँ तोलामा कारोबार भएको छ। अघिल्लो दिन सुन १ लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। 

यता चाँदी भने ३० रुपैयाँ सस्तो भएको छ। आज चाँदी २ हजार ९० रुपैयाँमा कारोबार भएको हो। 

अन्तर्राष्ट्रिय बजारमा सुन २ हजार ७८५ अमेरिकी डलर प्रतिऔँस मूल्यमा र चाँदी प्रतिऔँस ३३ अमेरिकी डलरमा कारोबार भएको एजेन्सीहरुले उल्लेख गरेका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad