सुनमा लगाइएको विलासिता कर र अन्य धातुहरुमा लगाइएको मूल्यअभिवृद्धि कर (भ्याट) खारेज गर्न माग गर्दै सुनचाँदी व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन्।
सुनचाँदी हिरा गरगहना कामदार तथा श्रमिक समाज, नेपाल सुनचाँदी तथा रत्न विकास संघ, नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समिति लगायतले नयाँ बजेटमा गरिएको व्यवस्थाको विरोध गरेका हुन्।
उनीहरुले बजेटबाट लगाइएको २ प्रतिशत विलासिता कर तथा हिरा वा बहुमूल्य पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेज गर्न सरकारसँग माग गरेका छन्। उपभोक्ता, कर्मचारी, कालिगढ व्यवसायीमैत्री ऐन, कानुन तुरुन्त जारी गर्नुपर्ने उनीहरुको माग छ।
आइतबार न्युरोडमा उनीहरुले प्लेकार्ड, ब्यानरसहित सडक प्रदर्शन गरेका हुन्।
चालू आर्थिक वर्षमा १० लाख रुपैयाँमाथिका गरगहनामा २ प्रतिशत विलासिता कर लाग्दै आएको थियो। अबचाहिँ सुन तथा सुनका गरगहना बिक्रीमा सो कर लाग्ने व्यवस्था गरिएको छ। यसकै विरुद्धमा व्यवसायी आन्दोलित भएका हुन्।
तस्बिरमा हेर्नुहोस्











सबै तस्बिर : न्युज एजेन्सी नेपाल
Shares

प्रतिक्रिया