स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य वृद्धि भएको छ।
सुन प्रतितोला छ हजार र चाँदी ३२० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला तीन लाख दुई हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार २२० कायम भएको छ।
गत सोमबार एक तोला सुन दुई लाख ९६ हजार ७०० र त्यति नै परिमाणको चाँदी चार हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। गत आइतबार दुई लाख ९७ हजार १०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ९७५ कायम भएको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ८२८ र त्यति नै परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ।
72
Shares

प्रतिक्रिया