कारोबार


हिल्सा हुँदै मानसरोवर जाने तीर्थयात्रीको संख्या बढ्यो

हिल्सा हुँदै मानसरोवर जाने तीर्थयात्रीको संख्या बढ्यो

नेपालखबर
असोज २६, २०८२ आइतबार ११:४७, हुम्ला

हुम्लाको हिल्सा हुँदै कैलाश मानसरोवर दर्शन गर्न जाने भारतीय तीर्थयात्रीको यस वर्षको यात्रा सकिएको छ। 

चिसो बढ्दै जाँदा भारतीय तीर्थयात्रीको यस वर्षको कैलाश मानसरोवर यात्राको याम सकिएको होटल व्यवसायी मिम लामाले जानकारी दिए । काठमाडौं, नेपालगञ्ज हुँदै हुम्लाको हिल्सा भएर मानसरोवर जाने तीर्थयात्रीको यस वर्षका यात्रा सकिएको उनले बताए । कोरोना सङ्क्रमणपछि भारतीय तीर्थयात्रीको धेरै सङ्ख्या हुम्ला भएर मानसरोवर दर्शन गर्न पुगेका हुन्।

सदरमुकाम सिमकोट र चीनसँगको सीमानाका हिल्सामा रहेका होटल व्यवसायीले यस वर्ष राम्रो आम्दानी गरेको लामाले बताए । एउटा होटलले १० लाख रुपैयाँभन्दा बढी कमाइ गरेका छन्। अन्य देशबाट जिल्लाका विभिन्न स्थानमा घुम्न आउने एक–दुई जना फाट्टफुट्ट भए पनि भारतीय तीर्थयात्रीको याम सकिएको छ।

साढे ६ हजार विदेशी पर्यटक हुम्ला भित्रिए

हुम्ला हिल्सानाका गत १८ वैशाखमा खुलेपछि ६ हजार ४०७ जना विदेशी पर्यटक हुम्ला भित्रिएका जनाइएको छ । जेठदेखि असोजको पहिलो हप्तासम्म नेपालगञ्ज भएर हुम्ला हुँदै कैलाश मानसरोवर दर्शन गर्न जाने करिब ६ हजार भारतीय तीर्थयात्री पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिए । उनले भने, ‘अन्य देशका ४५० जनासहित हुम्लामा ६ हजार ४०७ विदेशी पर्यटक हुम्ला पुगेका हुन् । जेठको दोस्रो हप्ताबाट हुम्ला भएर मानसरोवर दर्शका लागि २५ जना विदेशी पर्यटक यहाँ पुगेका थिए ।’ कैलाश मानसरोवर दर्शन गर्न आउने विदेशी पर्यटकको यो संख्या यस वर्षको अन्तिम हो।

कैलाश मानसरोवर दर्शनका लागि हुम्लाको रुट छोटो दूरीमा पर्ने भएकाले जेठ, असार, साउन, भदौ र असोजको पहिलो सातासम्मका दैनिक दिन सिमकोट विमानस्थलमा विदेशी तीर्थयात्रीको चाप बढ्ने गरेको थियो।

चीनले कोरोनापछि हिल्सानाकालाई हुम्लीसहित भारतीय पर्यटकका लागि खुला गरेपछि धार्मिक पर्यटकहरूको सङ्ख्या वृद्धि भएको सिमकोट विमानस्थलमा सिमकोट गाउँपालिकाबाट खटिएका दीपेन्द्र भण्डारीले बताए । उनले भने, ‘कैलाश मानसरोवरको दर्शन गर्न हुम्लामा कोरोना सङ्क्रमपछिको यो उल्लेखनीय सङ्ख्यामा भित्रिएका हुन्।’

जिल्लाको सिमकोट र नाम्खा गाउँपालिकाले हुम्ला पुगेका विदेशी पर्यटकबाट शुल्कसमेत उठाउँदै आएको छ। भारतीय प्रतिव्यक्ति तीर्थयात्रीबाट १ हजार १०० रुपैयाँ राजस्व सङ्कलन गर्दै आएको छ भने अन्य देशका पर्यटकबाट १ हजार ५०० रुपैयाँ शुल्क लिने गरेको छ।

कैलाश मानसरोवर दर्शन गर्न जाने भारतीय हुम्ला पुगेका ५ हजार ९५७ जनाबाट ६५ लाख ५२ हजार रुपैयाँ शुल्क र अन्य देशका पर्यटकबाट ६ लाख ७५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad