कारोबार


वडा कार्यालयको मूल्यसूची: खसीको मासु प्रतिकिलो ६ सय, लोकल कुखुराको १ हजार

अरु जनावरकाे मासु र मदिराको मूल्य कति?
वडा कार्यालयको मूल्यसूची: खसीको मासु प्रतिकिलो ६ सय, लोकल कुखुराको १ हजार

फाइल तस्बिर


नेपालखबर
फागुन २३, २०८१ शुक्रबार ११:३७, ताप्लेजुङ

ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाको ४ नम्बर वडा कार्यालयले माछामासु र अन्नपातको उपभोक्ता मूल्य निर्धारण गरेको छ। वडाध्यक्ष सदनकुमार साँवा लिम्बूका अनुसार गएको आइतबार बसेको वडा कार्यसमितिको बैठकले उपभोग्य वस्तु र मानव श्रमको समेत मूल्य तोक्ने निर्णय गरेको हो। 

वडा कार्यालयले खसीको मासुको मूल्य प्रतिकिलो छ सय रुपियाँ तोकेको छ। त्यसैगरि बंगुर र सुँगुरको ४ सय, राँगाको ३ सय, बाख्राको ५ सय र र लोकल कुखुराको मासुको मूल्य प्रतिकिलो एक हजार .रुपैयाँ निर्धारण गरेको हो। 

त्यसैगरि धानको मूल्य प्रतिपाथी २५० रुपैयाँ निर्धारण भएको छ। मकै, कोदो र गहुँको प्रतिपाती तीनसय, जौको २५०, भटमास ८ सय आलुको बिउ प्रतिपाती तीनसय रुपैयाँ मूल्य तोकिएको छ।  घिउको मूल्य भने प्रतिमाना तीनसय रुपैयाँ निर्धारण भएको वडा कार्यालयले जनाएको छ।

वडा कार्यालयले घरेलु मदिरा (जाँड रक्सी)को मूल्य पनि निर्धारण गरेको छ। जसअनुसार लोकल रक्सीको प्रतिबोतल १५०, तोङ्वाको १२५ र निघार प्रतिबोतल १०० रुपैयाँ निर्धारण गरेको छ। 

त्यसैगरि वडा कार्यालयले घरेलु कामदारको पारिश्रमिक पनि निर्धारण गरेको छ। जसअनुसार पुरुष कामदारका लागि एक दिनको ५०० र महिला कामदारका लागि ४०० रुपैयाँ तोकिएको छ। 

वडाभित्र उपभोग्य वस्तुको मूल्य र घरेलु कामदारको ज्यालामा एकरूपता ल्याउन दररेट निर्धारण गरिएको वडाध्यक्ष लिम्बूले जानकारी दिए। तोकिएको मूल्य दर आ-आफ्नो टोलमा कार्यान्वयन गर्न पनि वडा कार्यालयले सबैमा अनुरोध गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad