प्रविधि


मस्कको स्पेसएक्स रकेट फेरि भयो विस्फोट

मस्कको स्पेसएक्स रकेट फेरि भयो विस्फोट

नेपालखबर
फागुन २३, २०८१ शुक्रबार ११:४०, काठमाडौँ

अर्बपति व्यवसायी तथा हाल ट्रम्प प्रशासनका सदस्य इलोन मस्कको स्वामित्वमा रहेको कम्पनी स्पेसएक्सको रकेट बिहीबार टेक्सासबाट प्रक्षेपण भएको केही समयपछि नै विस्फोट भएको छ।

जसका कारण केही विमानस्थलमा उडानहरू रद्द गरिएको छ भने अन्तरिक्षयानको भग्नावशेष खस्ने चेतावनी जारी गरिएको छ।

स्पेसएक्सले आफ्नो चालकविहीन अन्तरिक्षयान अन्तरिक्षमा गायब र सम्पर्कविहीन भएको बताएको छ। 

अहिलेसम्म निर्मित सबैभन्दा ठूलो रकेट स्पेसएक्स स्टारसिप प्रक्षेपण भएको केही समयपछि नै नियन्त्रण बाहिर गएको हो। 

अहिलेसम्म घाइते वा क्षतिको कुनै विवरण आएको छैन। 

तर क्यारिबियन टापु राष्ट्रहरूबाट लिइएका तस्बिरमा आकाशबाट आगोको भग्नावशेष वर्षा भइरहेको देखिन्छ।

यो रकेट परीक्षणको आठौँ मिसन हो भने यसको लगातार दोस्रो असफलता। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad