राष्ट्रियसभाकी सदस्य उर्मिला अर्यालले नेपालमा अहिले पनि एक्लै हिँडडुल गर्न सक्ने अवस्था नरहेको बताएकी छन्।
नेकपा माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य अर्यालले देशका विभिन्न स्थानमा बलात्कार तथा यौन उत्पीडन भइरहेको उल्लेख गर्दै महिला हिंसा अन्त्य हुन नसकेको बताएकी हुन्।
‘अहिले पनि नेपाली छोरीहरू एक्लै हिँडडुल गर्न सक्ने अवस्था छैन। देशका विभिन्न ठाउँमा महिलामाथि बलात्कार समेतका यौन उत्पीडनका घटनाहरू भइरहेका छन्’, रासससँगको अन्तर्वार्तामा शुक्रबार अर्यालले भनेकी छन्, ‘महिलामाथि हुने हिंसा अन्त्य भएको छैन। महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्नेतर्फ मेरो भूमिका हुनेछ। यो विषयमा अहिले पनि संसद्मा आवाज उठाइरहेकी छु।’
देशको व्यवस्था परिवर्तन भए पनि जनताको अवस्थामा परिवर्तन आउन नसकेको उनले बताइन्।
उनले अगाडि भनेकी छन्, अब मेरो भूमिका जनताको अवस्था परिवर्तन गर्नेमा हुनेछ। उनीहरूको जीविकोपार्जनको समस्या छ।
Shares

प्रतिक्रिया