कारोबार


विराटनगरमा सीप उत्सव हुने

विराटनगरमा सीप उत्सव हुने

नेपालखबर
जेठ ८, २०८२ बिहिबार १३:५५, विराटनगर

विराटनगरमा सीप उत्सव २०८२ हुने भएको छ। उद्योग व्यवसाय क्षेत्रलाई आवश्यक मानव संसाधन र हाल बजारमा उपलब्ध जनशक्तिमा बीचको मिसम्याच, रोजगारदाता र रोजगारीको खोजीमा रहेको मानव संसाधन बिच आपसी सामञ्जस्यको अभावलगायत सीप विकाससँग सम्बन्धित विविध आयामहरूको बारेमा उजागर गर्ने अभिप्रायले  सीप उत्सव २०८२ आयोजना गर्न लागिएको उद्योग सङ्गठन मोरङले जनाएको छ। 

सङ्गठनले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी सीप उत्सवको माध्यमबाट तालिम प्रदायक, उद्योग प्रतिष्ठानहरू, नेपाल सरकारका सरोकारवाला पक्षहरू र प्रशिक्षार्थीहरू बीचको समन्वयलाई थप प्रगाढ बनाई आगामी दिनमा आवश्यकता अनुरूपको दक्ष जनशक्ति उत्पादन, उत्पादित जनशक्तिलाई रोजगारका अवसरको सुनिश्चितताका गर्नका लागि सीप उत्सव आयोजना गर्न लागिएको जानकारी गराएको हो।

उद्योग सङ्गठन मोरङको आयोजना, इनस्योर हेल्भेटासको प्राविधिक सहयोग र सामाजिक विकास मन्त्रालयको समन्वय, निजी क्षेत्रको नेतृत्वमा सीप, दक्षता प्रदर्शन तथा वृत्ति परामर्श करियर काउन्सेलिग र अनुभव साटासाट गर्ने अभिप्रायका सीप उत्सव आयोजना गरिएको सङ्गठनका अध्यक्ष राकेश सुरानाले जानकारी दिए। पत्रकार सम्मेलनमा सीप उत्सव  जेठ १० र ११ गते भनिएको छ।

मिति २०८२ वैशाख २२ गते देखि ३० गते सम्म कोसी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लाका ११ वटा अप्रेन्टिसीप कार्यक्रम सञ्चालन हुने प्राविधिक शिक्षालयहरू मध्ये सूचना प्रविधि, अटोमोवाइल र होटल व्यवस्थापन अध्यापन हुने ७ वटा शिक्षालयमा सम्बन्धित शिक्षालयका प्रशिक्षार्थीहरू बिच आन्तरिक प्रतिस्पर्धा गराई पहिलो र दोस्रो हुनेलाई प्रदेश स्तरीय सीप उत्सव २०८२ मा प्रतिस्पर्धामा सहभागी हुने उनले जानकारी दिए। 

यसरी सहभागी हुनेहरूमा सूचना प्रविधिमा १० जना, अटोमोवाईलमा ४ जना र होटल व्यवस्थापनमा ४ जना गरी जम्मा १८ जनालाई अन्तिम प्रतिस्पर्धाका लागि छनौट गरिएको छ, सुरानाले भने, हरेक शिक्षालयबाट प्रथम र द्वितीय स्थान हासिल गर्ने विजेताहरूलाई "कोसी प्रदेश स्किल आइकन उपाधि प्रदान गरिनेछ।

सीप उत्सवमा  पूर्व वाल विकास सहजकर्ता, सूचना प्रविधि, होटल म्यानेजमेन्ट र इलेक्ट्रिकल विधामा प्रत्यक्ष तालिमका साथै  एक हजारभन्दा बढी विद्यार्थी युवाहरूको करियर काउन्सेलिङ सत्रहरू आयोजना गरिने आयोजकको दाबी छ।

उत्सवमा सूचना प्रविधि, होटल व्यवस्थापन, इलेक्ट्रिकल इन्जिनियरिङ र अटो मोबाइल इन्जिनियरिङतर्फका विद्यार्थीहरू, उद्योग प्रतिष्ठानका प्रतिनिधिहरू, प्राविधिक शिक्षालयहरू,  सूचना प्रविधि, हस्पिटेलिटी, अटोमोवाईलका क्षेत्रहरू सहभागी हुने आजको भनाइ छ । उद्योग सङ्गठन मोरङले यो उत्सवलाई सीप उत्सवको रूपमा पहिलो पटक आयोजना गर्न लागिएको दाबी गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad