वीरगन्ज महानगरले चालु आर्थिक वर्षको आठ महिनामा ३३ करोड ५६ लाख ८७ हजार सात सय ७८ रुपैयाँ राजस्व संकलन गरेको छ।
महानगरले गत आवको सोही अवधिको तुलनामा ३६ लाख ४१ हजार १६१ बढी राजस्व संकलन गरेको हो।
वीरगन्ज महानगरपालिका राजस्व महाशाखा प्रमुख मनोज कर्णले चालु आवको आठ महिनामा वार्षिक लक्ष्यको ४० प्रतिशतको हाराहारीमा राजस्व संकलन भएको जानकारी दिए।
महानगरले सम्पत्ति करबापत रु १२ करोड ११ लाख ९७ हजार र पूर्वाधार सेवाको कर उपभोगमा लाग्ने करबापत रु एक करोड ६८ लाख संकलन गरेको छ। रासस
27
Shares

प्रतिक्रिया