धमाधम जहाज नयाँ गन्तव्य विस्तार गरिरहेको बुद्ध एयरले अब भैरहवालाई हब विमानस्थल बनाउने भएको छ।
पोखरा विमानस्थललाई बुद्ध एयरले सबै प्रदेशबाट सिधा उडानले जोडिसकेकाले अब भैरहवाबाट सबै विमानस्थलमा उडान गर्ने तयारी गरेको हो।
बुद्ध एयरले गन्तव्य विस्तारको प्रत्यक्ष फाइदा व्यापारिक र विशेषगरी पर्यटकहरुलाई पुग्ने विश्वास लिएको छ।
अब बुद्ध एयरले भैरहवा विमानस्थललाई पनि दोस्रो हबको रुपमा सबै प्रदेशबाट जोड्न लागेको छ। भैरहवाबाट पोखरा र भरतपुरको उडान सञ्चालनमा ल्याइसकेको छ।
भैरहवाबाट विराटनगर, भद्रपुर, जनकपुर, सिमरा, नेपालगञ्ज र धनगढीमा क्रमशः उडान भर्ने योजना बुद्ध एयरको रहेको छ ।
उडानसँगै पर्यटकहरुका लागि बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजमार्फत होलिडे प्याकेजहरु पनि सञ्चालन गरिहेको छ।
486
Shares

प्रतिक्रिया