बैंक अफ काठमाण्डू लिमिटेडले ११.०३ प्रतिशतको उच्चतम ब्याजदर भएको बीओके रिकरिङ र रिभर्स रिकरिङ निक्षेप खाताहरु सार्वजनिक गरेको छ।
वित्तीय व्यवस्थापन कसरी गर्ने भन्ने सोचमा रहेकाहरुको लागि विभिन्न आकर्षक सुविधाको साथ उच्चतम ब्याजदरसहितको वित्तीय व्यवस्थापनको सुविधाहरु भएको यस निक्षेप खाताहरुले सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।
आजको स–साना बचतले भविष्यको ठूला वित्तीय आवश्यकताहरु सहज रुपमा व्यवस्थापन हुन्छन् भन्ने मान्यतालाई आत्मसात् गर्दै बैंकले ग्राहकहरुको वित्तीय व्यवस्थापनसहित ११.०३ प्रतिशतको उच्चतम ब्याज आम्दानीको सुनिश्चिताको लागि यस रिकरिङ्ग निक्षेप खाता ल्याएको जनाएको छ।
निक्षेप खातामा बैंकले खातावाहकलाई त्रैमासिक रुपमा ब्याज भुक्तानी गर्नेछ। यस खातामा न्यूनतम् १ हजार रुपैयाँदेखि बचत गर्न सकिनुका साथै आफ्नो भविष्यको वित्तीय आवश्यकतामा ध्यानमा राखी क्रमिक रुपमा अथवा दैनिक, साप्ताहिक तथा मासिक ५ सय रुपैयाँको गुणाङ्कमा न्यूनतम १ वर्षदेखि अधिकतम १० वर्ष बचत गर्न सकिनेछ।
यदि रिकरिङ्ग निक्षेप खातावाहकलाई वित्तीय आवश्यकता भएमा सहुलियत ब्याजदरमा बचत रकमको ९० प्रतिशतसम्म कर्जा पाउने व्यवस्था छ।
बीओके रिभर्स रिकरिङ्ग निक्षेप खाता नेपालको वित्तीय क्षेत्रमा पहिलो पटक सार्वजानिक गरेको बैंकको भनाइ छ। खातावाहकहरुको वर्तमानको वित्तीय व्यवस्थापनसहित आकर्षक ब्याजदरको व्यवस्था रहेको बीओके रिभर्स रिकरिङ्ग निक्षेप खातामा एकमुष्ठ रकम बचत गरी आवधिक रुपमा आवश्यक रकम आफ्नो इच्छा तथा योजनाअनुसार अन्य खाताहरुमा रकमान्तर गर्ने सुविधा छ।
न्यूनतम कुल मौज्दात २ लाख रुपैयाँ भएको यस खातामा ग्राहकहरुलाई वार्षिक ११.०३ प्रतिशतको उच्चतम ब्याज मासिक रुपमा आम्दानी हुनेछ। बैंकका अनुसार यस खातामा न्यूनतम १ वर्षदेखि अधिकतम १० वर्षसम्मको वित्तीय व्यवस्थापन अवधि छ।
यस रिकरिङ्ग तथा रिभर्स रिकरिङ्ग निक्षेप खातामा बैंकको क्रेडिट जारी शुल्कमा विशेष छुट पाउनुका साथै बचत रकमको ५० प्रतिशतसम्म क्रेडिट कार्ड सुविधा छ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १०३ शाखा कार्यालयहरु, ९८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट ग्राहकलाई बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ।
Shares
प्रतिक्रिया