सरकारले २०२२ को अन्तसम्म देशका सबैठाउँमा फोरजी जडान गर्ने जनाएको छ। नेपाल दूरसञ्चार प्राधिकरण अध्यक्ष पुरुषोत्तम खनालले २०२२ को अन्तसम्म सबै ठाउँमा फोरजी विस्तार भइसक्ने बताएका हुन्।
नेपालमा गत वैशाख अन्तसम्म फोरजीका प्रयोगकर्ता १ करोड ७६ लाख पुगेका छन्। अधिकांश ठाउँमा फोरजी पुग्दा पनि अझै हालसम्म थ्रिजीका प्रयोगकर्ता १ करोड ९ लाख रहेका छन्।
नेपाल टेलिकमका थ्रिजी प्रयोगकर्ता ८८ लाख ९८ हजार छन् भने एनसेलका २० लाख ६८ हजार रहेको छ। फोरजी प्रयोगकर्तामध्ये १ करोड ८ लाख रहेका छन् भने एनसेलका ६६ लाख १८ हजार छन्।
नेपालमा ब्रोडब्यान्ड प्रयोगकर्तामध्ये ७४.६३ प्रतिशत मोबाइल ब्रोडब्यान्ड रहेको छ भने फिक्स २४.७७ प्रतिशत रहेका छन्।
सुगम क्षेत्रमा दुरसञ्चार कम्पनी आफैले फोरजी विस्तार गरिरहेका छन् भने दुर्गममा नेपाल दुरसञ्चार प्राधिकरणले गरिरहेको छ।
नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामिण क्षेत्रमा दुरसञ्चार विकास कोष परिचालनगरी ब्रोडब्यान्ड सेवा विस्तार गरिरहेको छ। प्राधिकरणले १८ वटा प्याकेजहरु मार्फत ७४ जिल्लामा इन्टरनेट विस्तार भइसकेको जनाएको छ।
प्राधिकरणले कोष परिचालन गरी ७०६ स्थानीय तहमा दु्रतगतिको इन्टरनेट जडान गरिएको प्राधिकरण अध्यक्ष खनालले जानकारी दिए।
Shares
प्रतिक्रिया