कारोबार


अर्थमन्त्रीको प्रश्न– एमसीए नेपालको अफिस किन पाँचतारे होटलमा?

अर्थमन्त्रीको प्रश्न– एमसीए नेपालको अफिस किन पाँचतारे होटलमा?

फाइल तस्बिर


नेपालखबर
भदौ २, २०७९ बिहिबार १५:५९, काठमाडौँ

मिलेनियम च्यालेन्ज एकाउण्ट नेपाल (एमसीए नेपाल)को कार्यालय पाँचतारे होटल याक एण्ड यतिमा राखिएको विषयमा अर्थमन्त्री जनार्दन शर्माले प्रश्न उठाएको थाहा भएको छ। 

अर्थ मन्त्रालय मातहत नै रहेको यस कार्यालय पाँचतारे होटलभित्र राखिनु नहुने आशयमा अर्थमन्त्री जनार्दन शर्माले प्रश्न गरेका हुन्। 

एमसीए नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्टले आज आयोजित एक कार्यक्रममा अर्थमन्त्री शर्माले जिज्ञासा राखेको जानकारी दिए।

उनले भने, ‘अर्थमन्त्रीज्यूले पनि केही समयअगाडि होटलपरिसरमा नै कार्यालय राख्नुबारे जानकारी लिनुभएको थियो। तर यो कायम टेण्डर प्रक्रियाबाट नै भएको हो। सहज पार्किङ र सुरक्षाको दृष्टिबाट पनि राम्रो छ।’

होटलमा भएकै कारण धेरै खर्च समेत नरहेको उनको भनाइ छ। तर यसमा धेरै कुराहरु उठेको खण्डमा सोच्न समेत सकिने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .