ad ad

कारोबार


आईएमई लाइफले छ महिनामा गर्‍यो २३ करोड मुनाफा

आईएमई लाइफले छ महिनामा गर्‍यो २३ करोड मुनाफा

नेपालखबर
माघ १४, २०८० आइतबार १४:२५, काठमाडौँ

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ। 

पछिल्लो छ महिनामा कम्पनीले २३ करोड ४७ लाख २५ हजार रुपैयाँ खुद नाफा गरेको हो। 

गत आवको सोही अवधिको तुलनामा यो मुनाफा ९६.१४ प्रतिशतले बढी हो। गत वर्ष उक्त अवधिमा कम्पनीले ११ करोड ९६ लाख ७५ हजार खुद नाफा गरेको थियो। 

कम्पनीले २ अर्ब १० करोड ८२ लाख कुल बीमा शुल्क आर्जन गरेको छ। गत आवको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन १२.३३ प्रतिशतले बढी हो। गत आवको सोही अवधिसम्म कम्पनीले १ अर्ब ८७ करोड ६८ लाख कुल बीमा शुल्क आर्जन गरेको थियो। 

यसअ अवधिमा कम्पनीले १ अर्ब ९९ करोड खुद बीमा शुल्क आर्जन गरेको छ। गत आवको सोही अवधिमा कम्पनीले १ अर्ब ७९ करोड खुद बीमा शुल्क आर्जन गरेको थियो। गत आवको तुलनामा खुद बीमा शुल्क आर्जन ११.२० प्रतिशत बढी भएको कम्पनीले जनाएको छ। 

कम्पनीको चुक्ता पुँजी ४ अर्ब छ। चालू आवको समीक्षा अवधिमा कम्पनीले सेयर प्रिमियम शीर्षकमा १ अर्ब ५३ करोड सञ्चित गरेको छ। उक्त अवधिमा कम्पनीको महाविपत्ति कोषमा १५ करोड ३५ लाख र सञ्चित जगेडा कोषमा ८५ करोड २ लाख छ। 

कम्पनीको यस अवधिको वार्षिक प्रतिसेयर आम्दानी ११ रुपैयाँ ७४ पैसा छ भने प्रतिसेयर नेटवर्थ १७७ रुपैयाँ २७ पैसा छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .