कारोबार


भदौ ३० देखि चोरीका मोबाइल नचल्ने!

मोबाइलको गैरकानुनी आयात रोक्न एमडीएमएस लागू हुने
भदौ ३० देखि चोरीका मोबाइल नचल्ने!

फाइल तस्बिर


नेपालखबर
साउन ३०, २०७९ सोमबार १८:१६, काठमाडौँ

नेपालमा गैरकानुनी रुपमा भित्रिने मोबाइल नियन्त्रण गर्न भदौ ३० बाट मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम लागू हुने भएको छ।  

मोबाइल आयातकर्ता संघ र प्राधिकरणबीच काठमाण्डौको सोल्टी होटलमा आयोजित ‘मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम’ गोष्ठी गर्दै एमडीएमस सिस्टम लागू गर्ने सहमति भएको हो।  

एमडीएमएस प्रणाली अनधिकृत रुपमा मोबाइल फोनहरु नेपालमा प्रवेशमा नियन्त्रण गर्ने उच्च प्रविधि हो। मोबाइल आयत संघका अध्यक्ष दिपक कुमार मलहोत्राले मोबाइल फोनको व्यवसायमा देखिएको अनधिकृत आयातबाट उत्पन्न भयावह स्थितिले नेपाल प्रहरीको अनुसन्धान कार्यमा समेत कठिनाइ भइरहेको हुँदा एमडीएमएस  लागू गर्न अब ढिला गर्न नहुने बताए।

 उनले गैरकानुनी रुपमा भित्रिने फोनहरु मध्ये चोरीका, रिफर्बिस फोनहरु समेत आउने हुँदा एकातिर आम उपभोक्ताहरु ठगीमा पर्ने गरेका छन् भने अर्कातिर राजस्व घट्ने तथा मोबाइल व्यवसायीको व्यापारमा व्यापक गिरावट आएको बताए। 

संघका उपाध्यक्ष सञ्जय अग्रवालले आउँदो भदौ ३० देखि औपचारिक रुपमा एमडीएमएस सुरु हुने र यसको दुईदेखि तीन महिनामा शतप्रतिशत लागू हुने बताए। 

‘यो दुई–तीन महिनाको समयमा पुराना फोनलाई दर्ता गर्ने समयावधि प्रदान गर्ने हो र भदौ ३० उप्रान्त नेपालमा अनधिकृत आयातित मोबाइल चल्नेछैन,’ उनले भने। 

अग्रवालले नेपाल दूरसञ्चार प्राधिकरणले सतःप्रतिशत प्रतिबद्वता दिएको जानकारी दिएका छन्। 

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले अब कुनै विशेष परिस्थितिबाहेक आगामी भदौ ३० बाट एमडीएमएस सिस्टम सुरु गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .