ad ad

कारोबार


ह्वावेको सिड्स फर फ्युचर्स कार्यक्रम : एक्स्पोजर पाउन विद्यार्थीको लागि ठूलो प्लेटफर्म

ह्वावेको सिड्स फर फ्युचर्स कार्यक्रम : एक्स्पोजर पाउन विद्यार्थीको लागि ठूलो प्लेटफर्म

नेपालखबर
कात्तिक १, २०७९ मंगलबार १५:३६, काठमाडौँ

हुवावेले नेपालको दोस्रो सिड्स फर फ्युचर्स कार्यक्रम सफलरुपमा समापन भएको घोषणा गरेको छ।

ह्वावेको सामाजिक उत्तरदायित्वअन्तर्गतको सिड्सफर फ्युचर्स कार्यक्रममा ७ नेपाली विद्यार्थीले थाइल्यान्ड र सिंगापुर भ्रमण गर्न पाएका हुन्।

अगस्ट १८ देखि थाइल्यान्डमा नेपाली विद्यार्थी सहभागी भएका थिए। सिड् फर फ्युचर्सअन्तर्गतकै टेकफर गुड कार्यक्रममा उत्कृष्ट भई सिंगापुर जाने अवसर पाए। 
 

ह्वावेले गत वर्षबाट टेक फर गुड प्रोजेक्ट सुरू गरेको थियो। थाइल्यान्डको कार्यक्रममा १६ देशका १२६ विद्यार्थी सहभागी भएका थिए। 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिल कुमार दत्तले ह्वावेको सिड्स फर फ्युचर्स कार्यक्रमले युवाको क्षमताको विकास गर्न सहयोग पु¥याएको बताए। 

उत्कृष्ट ७ विद्यार्थीले थाइल्यान्डमा सिकेको कुरा अरू विद्यार्थीलाई सिकाउने विश्वास व्याक्त गरे। 

ई गभर्नेन्स कमिसन नेपालका प्रमुख कार्यकारी अधिकृत दिपेश मिश्रले ह्वावेको प्लाटफर्म पाउनु विद्यार्थीका लागि उपलब्धि रहेको बताए। 

थुप्रै आवेदकमध्ये ४ जनाको छनोट समितिले ७ विद्यार्थीलाई थाइल्यान्डमा सहभागिताको लागि छनोट गरेको थियो। आईओईका डिन प्रो. डा. शशीधरराम जोशीले गत वर्षको तुलनामा अहिले उत्कृष्ट विद्यार्थीको सहभागी रहेको बताए। 

ह्वावेको ‘सिड्स फर द फ्युचर’ : जसले ७ नेपाली विद्यार्थीलाई बैंकक र सिंगापुर पुर्‍यायो

उनले थाइल्यान्डमा टेक फर गुड प्रतिस्पर्धामा सफल भई सिंगापुर जान पाएकोमा बधाई दिए। 

प्रो. तिमिला यमी थापाले विद्यार्थीले राम्रो एक्सपोजर पाएको बताइन्। उनले सिड् फर फ्युचर्स कार्यक्रममा सहभागी विद्यार्थी सफल व्यवसायी बन्ने आशा व्यक्त गरिन्। 

प्रो. सुवर्ण शाक्यले ह्वावेले विश्वविद्यालयसँग सहकार्य थप बढाउँदै जानुपर्ने बताए। 
 
कार्यक्रममा सहभागी विद्यार्थी वंशज पौडेलले थाइल्यान्डको भ्रमण र नेपालमा एनसेल, डिसहोम कार्यालयमा अवलोकन गर्न पाएको बताए। उनले थाइल्यान्डमा फाइभ जी, मेटाभर्स, एआईलगायत नयाँ प्रविधिको विषय सिक्न पाएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .